जनकपुरधाम । प्रदेश नं २ को प्रदेशसभामा प्राविधिक त्रुटिका कारण आज आर्थिक विधेयक दर्ता हुन सकेन ।
मुख्यमन्त्री लालबाबु राउतले विधेयक दर्ता प्रक्रियामा भएको त्रुटि सुधार गरी विधेयक दर्ता गराइने जानकारी दिए ।
प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत आज बसेको सातौंँ बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र सुनाएपछि बैठक स्थगन भएको थियो ।
प्रदेशसभाको अर्को बैठक यही फागुन २७ गते अपराह्न १ बजे बस्नेछ ।
२०७४ फागुन २५ गते प्रकाशित
वि.सं.२०७४ फागुन २५ शुक्रवार १९:३९ मा प्रकाशित