काठमाडौ । सूर्योदय लघुवित्त वित्तीय संस्थाले दुई लाख ८० हजार कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको छ । संस्थाले फागुन २५ गते शुक्रबार अर्थात आज देखि चुक्ता पूँजी चार करोडको ७० प्रतिशतले हकप्रद जारी गरेको हो ।
दोस्रो बजारमा प्रतिकित्ता १ हजार ४ सय ४२ रुपैँयामा कारोबार भईरहेको संस्थाको चुक्ता पुँजी चार करोड ७६ लाख रुपैयाँ रहेको छ । लघुत्तिको हकप्रद विक्री पश्चात चुक्ता पुँजी ७ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।
सूर्योदयले आफ्नो ७० प्रतिशत हकप्रद बिक्रीका लागि विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई रोजेको छ । लघुवित्तको हकप्रदमा फागुन २५ गतेदेखि चैत्र २९ गतेसम्म आवेदन गर्न सकिनेछ भने माघ २५ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
चालू आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा कम्पनीले एक करोड एक लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ७१ पैसा कायम गरेको छ । संस्थाको हकप्रदमा सूर्योदय लघुवित्तका शाखा कार्यालय, बिक्री प्रबन्धक तथा आस्वा सेवा प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
२०७४ फागुन २५ गते प्रकाशित ।
वि.सं.२०७४ फागुन २५ शुक्रवार २१:०१ मा प्रकाशित