back
NMB ad

कोलोराडो सप्ताह पुराण अरोरामा

Kumari bank ad

नातिबाबु भट्ट,कोलोराडो, अमेरीका । नेपाली र नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक संकलन गर्न अयोजना गर्न लागीएको श्रीमद्भागवत् महापुराण अरोरामा लगाइने भएको छ ।

नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरुको आयोजनामा आगामी अप्रील २८ देखी मे ५ तारीक सम्म पण्डित दिनबन्धु पोख्रेलको उपस्थितीमा लगाइने महापुराणको लागी अरोरा शहरको १६०९ हावाना स्ट्रीट स्थित भिलेज एस्चेन्ज सेन्टरमा स्थान बुकगरे सगै अरोरामा लगाईने पक्का भएको हो ।

कोलोराडोमा सामुदायीक भवन निर्माणका लागी श्रीमद्भागवत् महापुराण लगाउन यहा कृयाशिल संघ संस्था तथा समाज सेवीहरुको भेलाले यस अघि सर्वसम्मत निर्णय गरेको छ । त्यसैगरी भेलाले भागवत्पुराण सफलताको साथ सम्पन्न गर्न समाजका गन्यमान्य महानुभाव रहेको अध्यक्ष मण्डल समेत चयन गरि सकिएको छ । यसरी सर्बसम्मत निर्णयगरी चयन गरिएका महानुभावहरुमा डा.बिष्णुबहादुर श्रेष्ठ, डा.बिजयराज शर्मा, रामप्रसाद श्रेष्ठ, नारायण श्रेष्ठ, नविन दत्त, पुरुषोत्तम पाण्डे रहेका छन् ।

कोलोराडो स्थित हरेक बस्ती बस्तीबाट नेपाली तथा नेपाली मुलका नेपाली भाषीहरुको नामावली संकलन कार्यक्रम भईरहेको छ । यस पछि छिट्टै मुल समिती तथा उपसमितीहरु गठनगरि कामको जिम्बेवारी बांडफांड गरिने नेपाली घरका अध्यक्ष लछुमन रानाले बताएका छन् । नेपाली समुदायको बर्षौ अघि देखिको सपना साकार पार्ने यस पुनित कार्यलाई सफलाताका साथ सम्पन्न गर्न महापुराणको सात दिने अवधिलाई एक पर्वको रुपमा मनाउन कोलोराडो निवासी सबै नेपाली र नेपाली भाषी समुदायलाई आयोजक समितीले अनुरोध गरेको छ ।

समितीले हरेक दिन दिउसो ३ बजेदेखी राती ९ बजेसम्म बाचन हुने महापुराणको अवधिमा काममा बिदा मिलाई हरेक दिनको भागवत्पुराण श्रवणगर्ने बातावरण बनाउनुहुन र यथा सक्य दानगरि पुण्य कमाउन सबैलाई हार्दिक अनुरोध समेत गरेको छ ।

२०७४ फागुन २६ गते प्रकाशित

वि.सं.२०७४ फागुन २६ शनिवार १२:५४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...