मनकारी अध्यक्ष जसले दिने भए क्याम्पसका लागि रु एक करोडको जग्गा

नुवाकोट । तार्केश्वर गाउँपालिका–५ गोस्र्याङमा रहेको शंखादेवी माविमा स्नातकतहको अध्ययन व्यवस्था मिलाउन विद्यालय व्यवस्थापन समितिले पहल थालेको छ ।

हाल कक्षा १२ सम्म अध्ययन हुँदै आएको उक्त विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि गाउँ छाडेर अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गराउन क्याम्पस चलाउन प्रक्रिया र पहल अघि बढाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम शर्माले जानकारी दिए । क्याम्पसका लागि भौतिक संरचना निर्माण गर्न विद्यालय नजिकै रहेको दश रोपनी जग्गा प्रदान गर्ने घोषणा गर्दै शर्माले क्याम्पस सञ्चालनका लागि आर्थिक र कानुनी स्वीकृतिको पहल शुरु गरेको बताए ।

उनले क्याम्पसलाई उपलब्ध गराउन लागिएको दश रोपानी जग्गा स्थानीय क्षेत्रमा रु एक करोड मूल्य बराबरको छ । जग्गा प्रदान गर्ने घोषणा गरे पनि क्याम्पसको अनुमति पर्खाइमा भएकाले हस्तान्तरण हुन बाँकी छ ।

२०७४ फागुन २७ गते प्रकाशित

२०७४ फागुुण २७ गते ०८:२५ मा प्रकाशित

You can share this post!

कालीमाटी बजारको आजको ताजा तरकारी मूल्य

इन्स्योरेन्सको करिब १ अर्बको हकप्रद खुल्यो, आजै गर्नुहोस आवेदन

Related posts