back
NMB ad

के हो उच्च रक्तचाप ? जान्नै पर्ने कुराः

Kumari bank ad

कुनै समयमा आक्कलझुक्कल देखिने ब्लडप्रेसर उच्च रक्तचापको समस्या अहिले धेरैको साझा भएको छ । २० देखि ३० बर्षका जवानमा पनि यो समस्याको लागि नियमित औषधि सेवन गर्नुपर्ने अवस्था देखिएको छ । ब्लडप्रेसरका कारण मध्ये करिब २ देखि ३ प्रतिशतको मात्रै कारण प्रष्ट देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता लागेको छैन ।

बदलिँदो जीवन शैलीसंगै मानिसहरु विलासी भएका छन् । मीठो–मीठो मात्र खानुपर्ने, मांसाहारी खानामै जोड दिने, रक्सी, सूर्ती आदि नशाको सेवन गर्नुपर्ने, ज्यादातर समय मानसिक तनावमा रहनुपर्ने वाध्यता, शारिरिक व्यायामको कमी आदिले पनि ब्लडप्रेसरको समस्या थपिदै गएको देखिन्छ। फलस्वरुप ह्दयाघात, प्यारालाइसिस, मस्तिष्कघात, मिर्गौलामा तथा आंखामा क्षति आदि ह्वात्तै बढेको पाइएको छ ।

ब्लडप्रेसर सुन्दा सामान्य लागेपनि यसले गर्ने भयानक असरहरुबारे मानिसहरुमा पर्याप्त जानकारी नभएकोले होला, खासै महत्व दिएको पाइदैन। जसले ब्लडप्रेसरले गर्ने दुर्घटना प्रत्यक्ष देखेका हुन्छन्, भोगेका हुन्छन् । उनीहरुले मात्रै ब्लडप्रेसर यस्तो रहेछ भनेर आत्मसात गरेका हुन्छन्। ब्लडप्रेसर सम्बन्धि प्रशस्त भ्रम छन् । यसको औषधी खायो भने यस्तो हुन्छ रे, जिन्दगीभरि खानुपर्छ रे, साइड इफेक्ट गर्छ रे भन्ने धेरै किसिमका भनाइहरु सुनिन्छन्, तर औषधी नखाई सधैं हाइ ब्लडप्रेसर लिएर हिंड्दा के के खतरा हुन्छ भन्ने कसैले विचार गरेको देखिंदैन।

उच्च रक्तचाप भए, नभएको थाहा पाउने एउटै मात्र उपाय रक्तचाप नाप्ने हो । रक्तचाप बढेको कुरा नापेर मात्र थाहा हुन्छ, लक्षणमा भर पर्नु हुँदैन । किनकि उच्च रक्तचापको कुनै पनि लक्षण नहुन सक्छ । ३० वर्ष उमेर काटिसकेका स्वस्थ व्यक्तिले कम्तिमा वर्षको १ पल्ट रक्तचाप नाप्नु आवश्यक हुन्छ । टाउको दुख्ने, चक्कर लाग्ने, छाती दुख्ने, दम फुल्ने, नाकबाट रगत आउने आदि भएमा तुरुन्त रक्तचाप जँचाउनु पर्छ । उच्च रक्तचाप उत्पन्न गराउने कारक तत्वहरुको जोखिममा रहेका व्यक्तिहरुले नियमित रुपमा कम्तिमा ३ महिनामा १ पल्ट रक्तचाप जँचाउनु आवश्यक हुन्छ ।

उच्च रक्तचापको जोखिममा को पर्न सक्छ ?

१.शारीरिक तौल आवश्यक भन्दा बढी भएका
२.गर्भवती महिला
३.गर्भनिरोधक परिवार नियोजनका चक्की प्रयोग गर्दै गरेका महिला
४.धुम्रपान गर्ने व्यक्ति
५.उच्च रक्त कोलेस्टेरोल भएका व्यक्ति
६.अत्यधिक मदिरा सेवन गर्ने व्यक्ति

उच्च रक्तचाप भएकाले जान्नैपर्ने १० कुरा
१. रक्तचाप नियन्त्रण नभएको मानिसले रक्सी सेवन गरेमा मष्तिस्कघात हुने सम्भावना बढी हुन्छ ।
२. मधुमेह भएका मानिसमा उच्च रक्तचाप भएमा मुटु र मिर्गौला रोग चाँडो देखिन्छ ।
३. उच्च रक्तचाप देखिने बित्तिकै औषधि सुरु गर्नु हुँदैन । तर असर देखिएमा डाक्टरको सल्लाहअनुसार औषधि सुरु गर्नुपर्छ ।
४. औषधि आफूखुसी छाड्नु हुँदैन । बीचमै छाड्दा मष्तिस्कघात र हृदयघात हुने सम्भावना बढी हुन्छ ।
५. मुटुरोग विशेषज्ञको सल्लाह बिना औषधि सेवन गर्नुहुँदैन ।
६. जीवनशैली परिवर्तन पछि रक्तचाप नियन्त्रणमा आएमा विशेषज्ञको निगरानीमा औषधि बन्द गर्न सकिन्छ ।
७. उच्च रक्तचाप भएका महिलाले परिवार नियोजनको अस्थायी साधनमा हर्मोनल विधिको विकल्प खोज्नु पर्छ ।
८. गर्भवति महिलालाई उच्च रक्तचाप देखिएमा विशेषज्ञको सल्लाह लिनुपर्छ ।
९. २० वर्षभन्दा कम उमेरमा देखिने उच्च रक्तचापलाई सेकेन्ड्री हाइपरटेन्सन भनिन्छ । यसमा उच्च रक्तचाप हुने कारण खोजेर उपचार गरिन्छ ।
१०. पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउछ । सुन्तला, कागती, मौसम, केरा र ताजा फलपूmलमा पनि पोटासियम बढी पाइन्छ ।

२०७४ फागुन २७ गते प्रकाशित

वि.सं.२०७४ फागुन २७ आइतवार ११:०१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...