back
NMB ad

कुबेर मर्चेन्ट अब सिटी एक्सप्रेसको नाममा

Kumari bank ad

काठमाडौं । नयाँ लगानीकर्ता भित्र्याएर समस्याग्रस्त संस्थाबाट मुक्त भएको कुवेर मर्चेन्ट एण्ड फाइनान्सको सेयर कारोबार अब सिटी एक्सप्रेस फाइनान्सको नामबाट हुने भएको छ । नेप्सेले यो कम्पनीको सेयर कारोबार सिइएफएल ( CEFL ) कोडमा हुने जनाएको छ ।

यस अघि कम्पनीको सेयर कारोबार केएमबिएसएल (KMBSL ) कोडबाट हुँदै आएको थियो ।कुबेर मर्चेन्ट फाइनान्सको ११ औ बार्षिक साधारणसभाले ६० प्रतिशत सेयर हिस्सा दिएर नयाँ लगानीकर्ता भित्र्याउने निर्णय गरेको थियो । सोही साधारणसभाले कम्पनीको नाम परिर्वतन गरेर सिटी एक्सप्रेस इन्टरनेशनल फाइनान्स लिमिटेड राख्ने निर्णय पारित गरेको थियो ।

नयाँ लगानीकर्ता भित्रयाएपछि गत मंसिरमा राष्ट्र बैंकले कम्पनीलाई शर्त सहित समस्याग्रस्तबाट फुकुवा गरेको थियो । कम्पनीमा सिटी एक्सप्रेस निकट केही व्यवसायी, गैर आवासीय नेपाली तथा वैदेशिक रोजगार व्यवसायीको लगानी थपेका हुन् ।राष्ट्र बैंकले सञ्चालक तथा ब्यवस्थापकहरुले ऋणको चरम दूरुपयोग गरेर संस्थालाई धरासायी बनाएको भन्दै २०६९ पुसमा कुवेरलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

कम्पनी समस्याग्रस्त संस्थाबाट मुक्त भएपश्चात नयाँ व्यवस्थापन, नयाँ सञ्चालक समिति र नयाँ नामबाट कार्य अगाडि बढाईएको प्रमुख कार्यकारी अधिकृत गोपाल घिमिरेले बताए । उनले आगामी असारसम्म कम्पनीको चुक्तापूँजी ४० करोड पुर्याउने योजना रहेको बताए ।

२० करोड पूँजीमा एक बराबर एक हकप्रद निष्कासन गर्ने प्रयोजन अनुसार संस्थापकहरुको कल ईन एडभान्स सहित चुक्ता पूँजी २८ करोड पुगेको घिमिरेले बताए । अब साधारण सेयरधनीलाई शतप्रतिशत हकप्रद बिक्री गरेर चुक्तापूँजी ४० करोड पुर्याउछौ, घिमिरेले भने ।

राष्ट्र बैंकको निर्देशन अनुसार यो कम्पनीले ०७६ मंसिरसम्ममा राष्ट्र बैंकले तोकको चुक्तापूँजी पुर्याउनु पर्नेछ । राष्ट्रिय स्तरको फाइनान्स कम्पनीले ८० करोड रुपैयाँ न्युनतम चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।

२०७४ फागुन २८ गते प्रकाशित

वि.सं.२०७४ फागुन २८ सोमवार १३:२१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...