back
NMB ad

आकस्मिक साइरन बजेको सुनेर बाहिर निस्कँदा विमानबाट धुवाँको मुस्लो निस्किन थाल्यो : प्रत्यक्षदर्शी

Kumari bank ad

काडमाडौं । हामी अफिसमा काम गरिरहेका थियौं । एक्कासी आकस्मिक अवस्थामा मात्र बज्ने साइरन बज्यो । के भएको रहेछ भनेर बाहिर निस्केर हेर्दा एउटा विमान हल्लिंदै आयो । अफिसमा भएका सबैजना बाहिर निस्केर हेर्न थाल्यौं ।

सबैतिर चिच्याहट र कोलाहालको अवस्था थियो । रन–वे समात्न नसकी लरबराउँदै आएको विमानबाट छुट्टै आवाज आयो । धुवाँको कालो मुस्लो निस्किन थाल्यो । तत्कालै आगो लागेका कारण विमान भित्र यात्रुहरुको कोलाहाल पूर्ण अवस्था थियो ।

हामी पनि घटनास्थलमा

सुवास सुवेदी

जान अगाडी बढ्दै थियौं तर, उद्धारमा खटिएका सुरक्षा कर्मी र अग्नि नियन्त्रकले जान अनुमति दिएनन् । त्यतिबेला ज्यादै संवेनशिल अवस्था भएकाले पनि जान मिल्दैनथ्यो । ठाउँठाउँमा आगोका टुक्राहरु उडेर वरपर छरिइरहेको थियो । अग्नि नियन्त्रकले आगो निभाइरहेको थियो । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र विमानस्थल कर्मचारी उद्धारका निम्ति जम्मा भइसकेका थिए ।

आगो नियन्त्रणमा आए लगत्तै जे जस्तो इक्वीप्मेन्ट थियो त्यसैले उद्धार गर्ने काम गरियो । उद्धार गर्ने क्रममा पनि घाइतेहरुको कोलाहाल थियो । संभव भएसम्म घाइतेको तत्कालै उद्धार गरी उपचारका निम्ति एम्बुलेन्समा पठाइयो । च्यापिएका यात्रुलाई निकाल्न सुरक्षाकर्मीहरुले उद्धार सामाग्रीको प्रयोग गरेर उद्धार गरेका थिए ।

बंगलादेशको राजधानी ढाकाबाट आएको विमानमा ७१ जना यात्रु सवार भएको खुल्न आएको छ । दिउँसो २ः१५ बजे अवतरण गर्ने समय थियो । घटना हुँदा करिव २ ः १८ बजेको थियो । करिव साँढे चारबजेसम्म मुख्य उद्धारको काम सकिएपछि फर्किएँ ।

(विमानस्थलमा कार्यरत प्रत्यक्षदर्शी शुभाष सुवेदीसंग कुराकानीमा आधारित)

२०७४ फागुन २८ गते प्रकाशित

वि.सं.२०७४ फागुन २८ सोमवार २१:५८ मा प्रकाशित

You can share this post!

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...