back
NMB ad

औषत ब्याजदर अन्तर ५ प्रतिशत नबढाउन राष्ट्र बैंकको निर्देशन, अटेर गरे यस्ता कारवाही गरिने (सूचीसहित)

Kumari bank ad

काठमाडौ । पछिल्लो समय बैङ्किङ क्षेत्रमा विभिन्न काण्डहरु हुने गरेका छन् । सिइओ विवाद देखी कर्जा प्रवाह र निक्षेप संकलन सम्म मनलाग्दीको वातावरण बनेको छ । बैङ्कहरु आ–आफ्नै तरिकाले काम गरिरहेका छन् ।

बैङ्किङ क्षेत्रमा रहेका यिनै भद्रगोल परिस्थितीलाई सुधार्नको लागि नेपाल राष्ट्र बैङ्कले औषत ब्याजदरको अन्तरमा कडाई गरेको छ । विभिन्न बैङ्क तथा वित्तिय संस्थाले आफुखुसी ब्याजदर तोक्दा सेवाग्राहीमा अन्योलता देखिएकाले कडाई गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैंकले सबै बैङ्क तथा वित्तिय संस्थाहरुलाई जुनसुकै समयमा पनी स्प्रेड अर्थात औषत ब्याजदर अन्तर ५ प्रतिशत भन्दा नबढाउन निर्देशन दिएको छ । यो निर्देशन आउँदो आर्थिक वर्षको असोज मसान्त पछी अनिवार्य पालना गर्नुपर्ने छ ।

अहिलेसम्मको सबै कारोबारमा भएको अन्तर व्यवस्थापन गरेर आउँदो असोज मसान्तसम्म अन्तर ५ प्रतिशतमा सिमित नगर्ने बैङ्क तथा वित्तिय संस्थाहरुलाई विभिन्न प्रकारका कारवाही गरिने समेत राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कले जारि गरेको विज्ञप्तीमा भनिएको छ : २०७५ असोज मसान्त पश्चात आर्थिक वर्षको कुनै समयमा औषत ब्याजदर अन्तर ५ प्रतिशत भन्दा बढी हुने क, ख र ग वर्गका ईजाजत प्राप्त संस्थाहरुलाई देहाय बमोजिमको सबै कारवाही हुने छ ।

  • वाणिज्य बैङ्कको शाखा कार्यालय नभएको स्थानिय तह बाहेकका स्थानमा शाखा विस्तारमा रोक लगाउने,
  • भूकम्प पिडितलाई प्रदान गरिने बाहेकका पुनरकर्जा सुविधा प्रदान नगर्ने र
  • सो आर्थिक वर्षको बोनस सेयरको कर प्रयोजन बाहेकका नगद लाभांश घोषणा तथा वितरण गर्न रोक लगाउने ।

२०७४ फागुन ३० गते प्रकाशित ।

वि.सं.२०७४ फागुन ३० बुधवार ०८:३१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...