back
NMB ad

आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने स्पष्ट पार्नु भएको छ ।

प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधि सभा सांसद,राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा आज प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।‘संविधान समयको माग अनुसार संसोधन हुन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘ तर देशलाई नोक्सानी हुने गरी,अखण्डतामा असर पर्ने गरी संसोधन हुदैन । देशलाई थप मजवुद तर एकतावद्ध पार्नका लागि संसोधन हुन्छ । ’

प्रधानमन्त्री ओलीले सरकालाई आतंककारी क्रियाकलाप सैह्य नहुने बताउनुभएको छ । अप्राकृतिक,असामाजिक तत्वहरुले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे राम्रो हुने प्रधानमन्त्री ओलीको चेतावनी छ ।प्रधानमन्त्री ओलीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागिपर्ने बताउनुभएको छ । ‘अब बलात्कारका घटना रोकिन्छन् । महिला हिंसाका विरुद्ध जागरण अभियान पनि चलाइन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ ।’ प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारप्रति असहिष्णु हुने कुरा दोहोर्याउनु भएको छ ।

प्रधानमन्त्री ओलीले केही तत्वहरुले सरकार बलियो हुँदा तानशाही हुने ,लोकतन्त्र नहुने,सरकार अनुशासित भयो भने तानाशाह हुने, लोकतन्त्र नहुने,कानुनको राज भयो भने निरंकशुता हुने लोकतन्त्र नहुने जस्ता प्रचार गरेर जनतालाई भ्रमित पार्न खोजेको बताउनु भएको छ । ‘यस्ता भ्रममा पर्नु हुदैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘कुनै पनि कुराको समय हुन्छ । यसरी सत्यलाई छोपेर जनालाई भ्रमित पार्ने समय सकियो । अब जनताले सत्य के हो भ्रम के हो आफै छुट्याउन सक्छन् ।’

प्रधानमन्त्री ओलीले सांसदहरुलाई मर्यादामा बस्न निर्देशन दिनु भएको छ । जनताको मतले आफूहरु सांसद भएकोले हरेक गतिविधि जनताको हितका निमती गर्न प्रधानमन्त्रीले सांसदहरुलाई सम्झाउनु भएको छ । ‘जनताले जे कुरा मन पराउछन् त्यो गर्नुहोस ,जे कुरा मन पराउदैनन् त्यो गदै नगर्नुहोस’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले देश बनाउनका लागि सबैले सदुपयोगको सिद्धान्त अपनाउनु पर्ने बताउनुभएको छ । ‘अब हरेक मिनेट समय,हरेकको बुद्धि,हरेकको पसिना,हरेक टुक्रा जमिन सदुपयोग गर्नुपर्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यी सबै कुराको गाम्भिर्यतालाई बुझ्न सकियो भने देश निर्माण हुन समय लाग्दैन ।’ देश भतांभुंग अवस्थामा रहे पनि शुन्य अवस्थाबाट सुधार सुरु गरेर छिटै नै देशलाई यसरी समृद्ध बनाउन सकिन्छ देखाउन आफूहरु प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

कार्यक्रममा नेकपा(एमाले),नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम,राष्ट्रिय जनता पार्टीका प्रतिनिधिसभा,राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुको उपस्थिती थियो ।

२०७४ फागुन ३० गते प्रकाशित

वि.सं.२०७४ फागुन ३० बुधवार १३:३२ मा प्रकाशित

You can share this post!

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...