काठमाडौ । नेपाल इन्स्योरेन्सले ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीको एक बराबर एक अनुपातको हकप्रद धितोपत्र बोर्डले फागुन २९ गते मंगलबार स्वीकृत गरेको हो ।
कम्पनीको ३० करोड १९ लाख ८८ हजार रुपैँया बराबरको हकप्रद बेच्नको लागि बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल छानिएको छ । शतप्रतिशत हकप्रद निष्काशन पछी कम्पनीको चुक्त पुँजी ६० करोड ३९ लाख ७७ हजार रूपैयाँ पुग्नेछ ।
अगामी असार मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले बीमा समितिको निर्देशन अनुसार १ अर्ब रुपैँया चुक्ता पुँजी कायम गर्नुपर्ने छ । सोहि निर्देशन अनुसार चुक्ता पुँजी बढाउने अभियानमा कम्पनीले हकप्रद र बोनस सेयर निष्काशन तथा वितरण गरेको हो ।
कम्पनीले निष्काशित हकप्रदले समेत पाउने गरि १ करोड ३६ लाख रुपैँया बराबरको २.२६१९ प्रतिशत बोनस समेत वितरण गर्ने भएको छ । बोनसपछि कम्पनीको पूँजी ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ पुग्नेछ ।
बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी कायम गर्न कम्पनीलाई अझ ३८ करोड रुपैयाँ पूँजी थप्नुपर्ने भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड २७ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५२ पैसा कायम गरेको छ ।
२०७४ चैत १ गते प्रकाशित ।
वि.सं.२०७४ चैत १ बिहीवार ०८:५० मा प्रकाशित