२० वर्ष पुराना सवारी नियन्त्रणमा

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन शुरु गरेको छ । यातायात व्यवस्था विभागको निर्देशनानुसार पुराना सवारी नियन्त्रणमा लिन शुरु गरेको हो । आज बिहान ११ बजेसम्म तीन वटा सवारी नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार जिल्लाको खैरहनी र गोन्द्राबाट एक÷एक वटा ट्रक र आँपटारीबाट एउटा बस नियन्त्रणमा लिइएको हो ।जिल्लाका अन्य क्षेत्रमा पनि कडाइका साथ जाँच भइरहेको उनले बताए । नियन्त्रणमा लिइएका सवारी साधनलाई यातायात व्यवस्था सेवा कार्यालय भरतपुरमा बुझाइने उनले जानकारी दिए ।

२०७४ चैत १ गते प्रकाशित

२०७४ चैत्र १ गते १२:१४ मा प्रकाशित

You can share this post!

राष्ट्रपति भण्डारीद्वारा शहीदलाई श्रद्धाञ्जलि

सेञ्चुरी बैंकको सिइओमा तुलसीराम गौतम नियुक्त, आउँदो नयाँ बर्ष देखि कार्यभार सम्हाल्दै

Related posts