back
NMB ad

नेपालमै दिईन्छ जति बढी सन्ताम जन्मायो, उति बढी प्रोत्साहन रकम

Kumari bank ad

इलाम । इलाम नगरपालिकामा जति बढी बच्चा जन्मायो उति बढी प्रोत्साहन रकम पाइने भएको छ । आगामी २० वर्षभित्र यस नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने उद्देश्यसहित जनगणना वृद्धि गर्न यस्तो नियम बनाइएको हो ।

यस निर्णयले नगरको जनसंख्या वृद्धि गर्ने योजना अघि बढेको छ । जसअन्तर्गत इलाम नगरकार्यपालिकाको बैठकले सुत्केरीलाई उपलब्ध गराउँदै आएको पोषण सुविधामा परिमार्जन गरेको छ ।नगरभित्रका दोस्रो पटक बच्चा जन्माउने सुत्केरीलाई रु दुई हजार, तेस्रो बच्चा जन्माउने सुत्केरीलाई रु तीन हजार, चौथो पटक बच्चा जन्माउने सुत्केरीलाई रु चार हजार र पाँचौँ पटक तथा सोभन्दा माथि बच्चा जन्माउने सुत्केरीलाई रु पाँच हजार पोषण सुविधा नगद नै दिने निर्णय गरेको छ ।

यसका साथै इलाम नगरपालिकाले पारित गरेको इलाम नगरपालिका कर्मचारी व्यवस्थापन ऐन र शिक्षा नियमावलीमा समेत कर्मचारी तथा शिक्षक–शिक्षिकाले जति पटक बच्चा जन्माए पनि उसले पाउने सुविधामा कुनै कटौती नगर्ने भएको छ ।

नगरपालिकाका प्रमुख महेश बस्नेतले इलाम नगरको जनसंख्या पलायन हुँदै गएको र त्यसबाट नगरको चहलपहल घट्ने भएकाले जनसंख्या वृद्धि गर्न नगरपालिका लागिपरेको बताए । उनले भने, “जनसंख्या समस्या होइन, स्रोतको उचित व्यवस्थापन गर्न नसक्नु समस्या हो, यसलाई परिचालन गर्न सक्नुपर्छ ।”

धेरै जनसंख्या भएमा नगरको व्यापारिक, सामाजिक र सांस्कृतिक गतिविधि बढ्ने र यसलाई परिचालन गरी नगरमा विभिन्न सेवा सुविधा थप्न सकिने प्रमुख बस्नेतले बताए ।साविक इलाम नगरपालिकामा सन् २०११ मा कुल १८ हजार ६३३ जनसंख्या रहेकोमा सन् २०१५ मा १९ हजार ७१२ रहेको बताइएको छ । हाल पुनःसंरचनापछि यहाँ बरबोटे, सुम्वेक, साखेजुङ, सोयाक, पुवामझुवा, सोयाक, गोदक, साङ्रुम्बालगायतका गाविससमेत मिसाइएको छ । तर पनि यहाँको जनसंख्या ४८ हजार ५३६ मात्र रहेको प्रमुख बस्नेतबताए ।

नगरपालिकाको यस निर्णयको मिश्रित टिप्पणी हुन थालेको छ । यस निर्णयले गरीबलाई झनै गरीब बनाउने नगरवासीको भनाइ छ । स्वास्थ्य, शिक्षा, खानेपानी, विकासका पूर्वाधारलगायतमा इलाम नगरपालिका अझै कमजोर मानिन्छ ।

२०७४ चैत १ गते प्रकाशित

वि.सं.२०७४ चैत १ बिहीवार १७:५५ मा प्रकाशित

You can share this post!

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३०

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा...

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:२४

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...