फोरमलाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्न प्रधानमन्त्री ओलीको यस्तो छ तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । ओलीले संघीय समाजवादी फोरमलाई समेत समेटेर मन्त्रिपरिषद बिस्तारको तयारी गरेका हुन् ।

अन्य दललाई पनि समेटेर लैजाने ओलीको तयारीले मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन । फोरमले सरकारमा जाने निर्णय गरिसकेपनि कति मन्त्रालय पाउने भन्नेबारेमा भने सहमति नभएको बताइएको छ ।

गत फागुन ३ गते प्रधानमन्त्रीको सपथ लिएका ओलीले राजपालाई पनि सरकारमा ल्याउने तयारी गरेका छन् । मन्त्रालयको संख्या १८ वटा कायम गरिएकाले अझै ११ मन्त्री थप्नुपर्ने छ ।

२०७४ चैत २ गते प्रकाशित

२०७४ चैत्र २ गते ११:५८ मा प्रकाशित

You can share this post!

दुई महिलालाई मानव बेचबिखन मुद्दा

प्रकृति कपास गोदाममा आगलागी

Related posts