back
NMB ad

एनसीसी घोटाला काण्ड – राष्ट्र बैंकको उजुरीको आधारमा कर्मचारीहरुलार्ई अनुसन्धानको लागि नियन्त्रण

Kumari bank ad

काठमाडौं। कर्जा दुरुपयोग गरी झण्डै डेढ अर्ब घोटाला गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले एनसीसी बैंकमा छापामारी दर्जन बढी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सीआइबीले पक्राउ गरेका व्यक्ति र उनीहरुको पद भने खुलाएको छैन ।राष्ट्र बैंकको उजुरीको आधारमा एनसीसीका कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिआइबीले जनाएको छ ।

राष्ट्र बैंकको स्थलगत अध्ययन र अनुसन्धानबाट पनि सो बैंकको डेढ अर्ब बढी रकम कर्जा दुरुपयोग भएको खुलेको थियो । उक्त कर्जा उठ्न नसक्ने अवस्था देखिएपछि राष्ट्र बैंकले एनसिसीलाई ऋणको नोक्शानी ब्यवस्थापन गर्न निर्देशन समेत दिएको थियो। कर्मचारीहरुले नक्कली पूर्जाको आधारमा कर्जा परिचालन गरेर बैंकमा घोटाला गरेको पाइएको छ ।

उक्त रकममध्ये १५६ करोड रुपैयाँ ऋण दूरुपयोग गरेको आरोपमा एनसिसी बैंकसँग मर्ज हुनुअघिको एपेक्स डेभलपमेन्ट बैंकसँग सम्बद्ध करिव २० जनामाथि अनुसन्धान गरि कारवाही गर्न राष्ट्र बैंकले सिफारिस गरेको थियो त्यसै आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका १३ जनालाई पक्राउ गरिसकेको छ।

मर्जर सम्झौताका क्रममा एक करोडमाथिको कर्जा प्रवाह गर्दा मर्जर समितिलाई जानकारी गराउनु पर्ने सहमति भएपनि सो विपिरत एपेक्सले कर्जा लगानी गरेको थियो । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारीले कर्जा दुरुपयोग गरेको भन्दै एनसीसी बैंकले नेपाल राष्ट्र बैंकमार्फत् सीआइबीमा उजुरी गरेको थियो ।

२०७४ चैत २ गते प्रकाशित

वि.सं.२०७४ चैत २ शुक्रवार १३:४५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...