back
NMB ad

हिमाली पदयात्राका लागि पर्यटकको आगमन शुरु

Kumari bank ad

रसुवा । लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रको हिमाली पदयात्राका लागि आन्तरिक एवं बाह्य मौसमी पर्यटकको आगमन शुरु भएको छ । पदयात्राका लागि यो वर्षको दोस्रो सिजन सुरु भएसंगै पयर्टक आगमन बढेको हो ।

लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार यस वर्षको दोस्रो मौसमअन्तर्गत पर्यटकको आगमन हुन थालेको छ । पर्यटनका लागि पहिलो याम असोजदेखि मंसिर र दोस्रो याम फागुनदेखि वैशाखसम्म मानिन्छ । फाटफुट रुपमा भए पनि बाह्रै महिना पर्यटक आउने गरेका कारण हिमाली जिल्ला रसुवामा चहलपहल देखिन्छ ।

पर्यटकको आगमन निरन्तर भएका कारण चालु आवको साउनदेखि अहिलेसम्म करीव रु दुई करोड २० लाख राजश्व प्राप्त भएको लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । फागुनदेखि वैशाखसम्मको मौसममा भने दैनिक १०० जनाभन्दा बढीले ओहोरदोहोर गर्ने अपेक्षा गरिएको बताइएको छ ।

चालु आवको साउनदेखि अहिलेसम्म कूल हजार ५३९ जनाको आगमन भएकामा सार्क राष्ट्रका ११९ र अमेरिका, जापान, जर्मनी, फ्रान्स, इजरायललगायत देशका छ हजार ४२० जना पर्यटकको आगमन भएको राष्ट्रिय निकुञ्ज कार्यालयका नायब सुब्बा तिलकुमारी अधिकारीले बताउनुभयो । गत आवमा भने ११ हजार ६८ पर्यटकले भ्रमण गरेको बताइएको छ ।

भूकम्पपछि क्षतिग्रस्त होटल र लज पुनःनिर्माण भइसकेकाले हिमाली पदयात्रीलाई खान, बस्न यथेष्ट सुविधा भएको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले बताउनुभयो । यहाँका पर्यटकीय क्षेत्रमा लाङटाङ (३,९००मि), यालापिक, लाङटाङ लिरुङ (७,२००), गणेश हिमाल, गोसाइँकुण्ड (४,३००), तामाङ सम्पदा मार्ग, पार्वतीकुण्ड (२,४०० मि) नागथली, लौरीविनायक आदि छन् ।

२०७४ चैत ३ गते प्रकाशित ।

वि.सं.२०७४ चैत ३ शनिवार १०:२१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...