back
NMB ad

सबै जिल्लालाई राजधानीसंग जोड्न यसरी बनाउँ प्रादेशिक सडक

Kumari bank ad
  • विद्रोही गिरी

प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलो निर्णय सबै स्थानीय तहबाट प्रदेश राजधानी आउने सडक बनाउने भने । खानेपानी र विद्युतीकरणका कुरा पनि उनले छुटाएनन् । समृद्धिको आधार उनले पर्यटन कृषि, विद्युतिकरण लगायत थुप्रै कुरा सुनाए ।

पर्यटनको हिसाबले सुन्दर यो प्रदेश कोरलादेखि त्रिवेणी भैसालोटनसम्म यहाँ थुप्रै पर्यटकीय गन्तब्य र ऐतिहासिक धरोहर रहेका छन् । त्यसको पूर्वाधार विकासमा लाग्नु अहिलेको अपरिहार्यता हो ।

स्थानीय तहहरु प्रदेश राजधानीसंग सडकमा जोड्ने निर्णय सुखद छ । ११ जिल्ला रहेको यो प्रदेशमा अहिले नवलपुर जिल्ला (नवलपरासी वर्दघाट सुस्ता पूर्व) पोखरासंग जोडिन सकेको छैन । यहाँका बासिन्दा आफ्नो प्रदेश राजधानी जाँदा प्रदेश नं. ३ चितवनको सडक प्रयोग गर्नुपर्ने अबस्था छ । सडकको हिसावले नवलपुर जोडिन सकेको छैन । धौलागिरी र गण्डकीकका रहनसहनसंग घुलमिल सहज हुनुपर्छ । त्यसमा प्रदेश सरकारले सम्बोधन गर्न जरुरी छ ।

तर यसका लागि पूर्वाधार नहुँदा आफ्नै प्रदेश राजधानी पोखरा भन्दा संघीय राजधानी काठमाडौं नजिक लाग्ने गरेको छ । त्यो हो सहज सडक सञ्जाल र हवाइ सेवा । चितवनको सडक र चितवनकै बिमानस्थल प्रयोगले संघीय राजधानी जोडेको छ । त्यति मात्रै होइन संघबाट प्रकाशित हुने दैनिक अखबार बिहानै घर दैलोमा आउनुले यहाँका बासिन्दालाई सूचनाको हिसावले संघीय राजधानी नै नजिक भएको छ । प्रदेशले यस्तो अवस्थामा यहाँका बासिन्दालाई भावनात्मक र विकासका हिसावले जोड्न आवश्यक छ । त्यसको एकमात्र कडी भनेको त्रिबेणी—दुम्किबास—कावासोती (दलदले) — कोखेटार हुँदै भिमाद खैरेनीटार जोड्ने सडक हो ।

नवलपुरका बासिन्दाको आशा र भरोसाको विकास अहिले त्रिबेणी—दुम्किबास—कावासोती (दलदले) — कोखेटार हुँदै खैरेनीटार सडक बनेको छ । यसलाई तीब्रताका साथ अगाडि बढाउन प्रदेश सरकारले तदारुकता देखाउन जरुरी छ । प्रदेशका सांसद एमाले नेता किरण गुरुङले यो सडक प्रदेश नं. ४ को मेरुदण्ड भएको बताएका छन् । उनले आफ्नै अगुवाईमा पोखरादेखि भिमाद डेढगाउँ, बुलिङटार (बोझापोखरी) कावासोती, दुम्किबास हुँदै त्रिबेणीसम्म कच्ची सडकको अवलोकन गरेका छन् । यसै साता उनले गरेको यो अवलोकन भ्रमणमा प्राबिधिक टोली स्थानीय तहका प्रमुखहरुको सहभागीता समेत भएकाले नवलपुरलाई आशा जगाएको छ ।

पूर्वाधार नहुँदा आफ्नै प्रदेश राजधानी पोखरा भन्दा संघीय राजधानी काठमाडौं नजिक लाग्ने गरेको छ । त्यो हो सहज सडक सञ्जाल र हवाइ सेवा । चितवनको सडक र चितवनकै बिमानस्थल प्रयोगले संघीय राजधानी जोडेको छ । त्यति मात्रै होइन संघबाट प्रकाशित हुने दैनिक अखबार बिहानै घर दैलोमा आउनुले यहाँका बासिन्दालाई सूचनाको हिसावले संघीय राजधानी नै नजिक भएको छ । प्रदेशले यस्तो अवस्थामा यहाँका बासिन्दालाई भावनात्मक र विकासका हिसावले जोड्न आवश्यक छ । त्यसको एकमात्र कडी भनेको त्रिबेणी—दुम्किबास—कावासोती (दलदले) — कोखेटार हुँदै भिमाद खैरेनीटार जोड्ने सडक हो ।

प्रदेश राजधानी पोखरा जोड्न दुम्बिास—त्रिबेणी सडक (२१ किलोमिटर) तत्काल ट्रयाक खोल्नुपर्छ । कावासोती—भिमाद—खैरेनीटार सडकको निर्माण थालिएको छ । यसको दुई खण्डमा काम भएको छ । एउटा कावासोती फलफुल चोकदेखि बोझापोखरी—कोखेटार तनहुँको रुपटार हुँदै फुलासम्म ५७ किलोमिटर रहेको छ । फुलाबाट भिमाद २० किलोमिटर र भिमादबाट खैरेनीटार ७ किलो मिटर र खैरेनीटारदेखि पोखरा २७ किलोमिटर रहेको छ । यसरी कावासोतीदेखि पोखरासम्मको यात्रा एक सय एक किलोमिटरको यात्रामा पुग्न सकिन्छ । यसमा घुम्ती कम र पुलहरु निर्माण पछि यो सडकको भाग केही किलोमिटर कम हुन सक्ने आंकलन प्राबिधिकहरुको पनि छ । यस रुटमा कालीगण्डकी नदीको गड्गडीघाटमा पुल निर्माण थालिएको छ । भने कावासोतीदेखि कोखेटारको ४० किलोमिटर क्षेत्रको रुटलाई दुई खण्डमा गरी निर्माणको काम भइरहेको छ । कावासोती फलफुल चोकदेखि १४ किलो मिटर कालोपत्रे हुँदैछ । यसका लागि सन्तोषी—रौता—हरिहरिले जेभीमा निर्माण गरिहेको छ । यो कम्पनीले १४ किलो मिटर कालोपत्रे सहित ६ किलोमिटर ग्रावेल गरी २० किलोमिटर सडक निर्माण गर्नेछ । रु ३५ करोड ६० लाख १० हजारको लागतमा २०७७ असार ८ गते सम्ममा सडक निर्माण सम्पन्न गर्नुपर्नेछ । दुई लेन जत्तिकै अबस्थामा यो सडक निर्माण हुन्छ । सजिलै बुझ्नका लागि साविकको नारायणघाट मुग्लिङकै मापदण्डसंग मिल्दोजुल्दो हुन्छ । यसलाई दुई लेनको सडक बनाउन सरकारीस्तरमै नीतिगत निर्णय हुन जरुरी छ ।

सडक निर्माणमा कावासोती फलफलु चोकबाट खानेपानीको पाइप र हात्तिखोरको जंगलको वातावरण प्रभाव मुल्यांङ्कनको काम गर्नुपर्ने देखिएको छ । यसलाई अगाडि बढाउन परियोजनाले काम थाल्नुपर्छ ।

बोझा पोखरी कोखेटारसम्मको २० किलोमिटर क्षेत्रमा रु ३८ करोड २१ लाखमा पप्पु—कोशी—न्यौपाने — बन्धन—भगवती जेभीले निर्माणको काम गरिरहेको छ । यो भने ग्रावेल सडक हो । यही सडक कोरलासंग जोड्दा उत्तर दक्षिण जोड्ने सबै भन्दा छोटो दुरीको सडक पर्छ । कोखेटारदेखि रुपटार —फुला हुँदै भिमाद सम्मको २७ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नुपर्छ र त्यसलाई चाँडै नै प्रक्रियामा लैजान आबश्यक छ अहिले यस सडकमा जीपहरु सञ्चालनमा छन् ।

कावासोतीदेखि कोखेटार हुँदै कालीगण्डकी कोरिडोरको यात्रा गर्दै डेढगाउँ पुग्न ६१ किलोमिटर र त्यहाँबाट भिमाद २३ किलोमिटर भिमाद खैरेनी ७ किलोमिटर र खैरेनीटार पोखरा २७ किलोमिटर हुँदा एक सय १८ किलोमिटर हुन्छ । अहिले कालीगण्डकीनदीमा डेढगाउँमा पुल निर्माण भएको छ भने भिमाददेखि डेढगाउँसम्मको २३ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । कावासोतीबाट कोखेटार रुपटार हुँदै भिमाद जाने सडक भन्दा र कावासोतीबाट कोखेटार डेढगाउँ हुदै भिमाद पुग्ने सडक १७ किलोमिटर लामो छ । दलदलेबाट जोड्दा दुबै सडकमा ६/६ किलोमिटर कम हुन्छ । अहिले दलदलेदेखि कुमसोतसम्मको बाटो वटासिल हुँदैछ ।
यहि बाटोलाई उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो सडक हुने भएकाले कोरला भैसालोटन सडक निर्माण प्रदेश नं.४ को सडक भएको प्रदेश सांसद एवं एमाले नेता गुरुङले बगुवनमा स्थानीयबासीसंग कुरा गर्दा आशाको किरण छाएको थियो । स्थानीयहरुको एउटै माग थियो दुम्किबास — त्रिबेणीको सडक निर्माणमा चितवन राष्ट्रिय निुकञ्ज प्रशासनले मध्यवर्तीको नाममा हुने गरेको अवरोध । २१ किलोमिटर यो क्षेत्रमा ट्रयाक खोल्न बाँकी छ । यहाँको ट्रयाक खोल्ने काम भए पोखरा—त्रिबेणीको ट्रयाक खोल्ने काम सकिने थियो ।

सडकको निर्माणसंगै अमलटारी थारु भिलेज, बालीघाट पर्यटकीय क्षेत्र, अकला देवी मन्दिर, घुमारीघाट, देवचुलीडाँर्डा पर्यटकीय क्षेत्र, घोरल संरक्षण क्षेत्रको विकास र पर्यटकीय गन्तब्यको विकास हुने थियो । यसले स्थानीय तहमा रोजगारी सृजना संगै गरिवी निवारणमा टेवा पुर्याउने निश्चित जस्तै छ ।

सडकको निर्माणमा वन क्षेत्र र निकुञ्जको समस्या समाधान गर्न, ‘पब्लिक युटिलीटी’ को अबस्था सम्बोधन गर्न आबश्यक छ । त्यसमा स्थानीय तह, प्रदेश र संघ सरकारबीच समन्वय जरुरी छ । त्यसको नेतृत्व भने प्रदेश सरकारले गर्नुपर्छ ।

यो प्रदेश नं. ४ को लाइफ लाइनको सडक हो । नवलपुरको पूर्वपश्चिम राजमार्गबाट कालीगण्डकी कोरिडोर जोड्ने रजहरको फारमदेखि बाह्कोल छरछरे हुदै बुलिङारचौकीसम्म निस्कने सडक हो । मुक्तिनाथदेखि त्रिबेणीधाम, बाल्मिकी आश्रम, चितवन राष्ट्रिय निकुञ्जलाई जोड्ने हुँदा धार्मिक तथा पर्यापर्यटनको प्रमुख सम्भावब्यता रहेको यो ठाउँको पर्यटन पूर्वाधारको विकासमा जोड दिनु आबश्यक छ । छरछरे — बाह्कोल (करिब १० किलोमिटर) ट्रयाक खोल्न बाँकी छ । यो सडक पुरा भए रहजरफारमदेखि कोखेटारसम्म २५ किलोमिटरमा पुग्न सकिन्छ यसो हुँदा अहिलेको कावासोती र दलदलेदेखिको भन्दा १५ किलोमिटर सडक छोटोपर्छ ।

२०७४ चैत ३ गते प्रकाशित

वि.सं.२०७४ चैत ३ शनिवार १९:४२ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...