back
NMB ad

अलैची विकास बोर्ड स्थापना गर्न पहल गर्छुः मन्त्री खनाल

Kumari bank ad

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले अलैची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैची विकास बोर्ड स्थापना गर्न पहल गर्नेे बताउनुभएको छ ।

राजधानीमा अलैचीको विकासका लागि स्वायत्त निकाय (अलैची विकास बोर्ड) स्थापनाका सम्बन्धमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले अलैची विकास बोर्ड स्थापनाका निम्ति मस्यौदा बनिसकेकाले त्यसलाई मन्त्रिपरिषद्मा लैजान पहल गर्ने बताएका हुन् । ‘अलैची विकास बोर्ड आवश्यक छ, यसका निम्ति मस्यौदा बनिसकेको जानकारी पाएको छु, यसलाई म मन्त्रिपरिषद्मा लैजान पहल गर्छु ।’ उहाँले भन्नुभयो ।

यसअघि गठन भएको कृषिसँग सम्बन्धित विकास बोर्डहरुबाट गर्न सकिने कामहरु समेत नभएको बताउनुहुँदै मन्त्री खनालले अलैची खेतीको लागि जमिनको पहिचान गर्दै अलैची खेतीलाई राष्ट्रिय रुपमा फैलाउनुपर्नेमा जोड दिनुभयो ।

अलैची खेतीको गुणात्मक उत्पादनका निम्ति सरकारले गर्नुपर्ने सहयोग गर्न सरकार तयार रहेको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘नेपालमा ठोस नीति नभएको कारणले कुन खेती कहाँ उपयुक्त हो र कहाँ हुन्छ, कुन चिज कहाँ उत्पादन गर्ने हो भन्ने कुराको राम्रो कार्यक्रम छैन । हामी अब उत्पादनमा केन्द्रित हुने हो, यसलाई विस्तार गर्दै जमिनको पहिचान गरेर अगाडि बढ्ने बताए ।

२०७४ चैत ८ गते प्रकाशित

वि.सं.२०७४ चैत ८ बिहीवार १८:२२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...