back
NMB ad

बन्द र हड्तालको समय सकिएकोले निर्वाध ढंगले लगानी गर्न प्रधानमन्त्रीको आग्रह

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक बर्ष देखि व्यापार घाटा घट्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघले तयार गरेको आर्थिक समृद्धिको मार्गचित्र २०७४ आज बालुवटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । ‘व्यापार घाटा घटाउन सरकारले खास योजना ल्याउछ’ प्रधानमन्त्री ओलीले भने ‘यसका लागि उपभोग्य वस्तुको उत्पादन, उपभोग आदतमा परिवर्तन र निर्यातजन्य वस्तुको उत्पादनमा जोड दिने नीति कार्यन्वयन गर्नु पर्छ ।’

नेपाली उपभोग्य सामानका लागि छिमेकमा ठुलाठुला बजार रहेकोले निर्यातमा समस्या नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हामीले उत्पादन गरेका सामग्रीका लागि बजारको अभाव छैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘कृषिमा आधुनिकीकरण गरेर उच्च उत्पादकत्व बढाउनु पर्दछ ।’

देशलाई समृद्धिको मार्गमा अघि बढाउन सरकार र निजी क्षेत्रको संयुक्त प्रयास आवश्यक पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले अब बन्द र हड्तालको समय सकिएकोले व्यवसायीहरुलाई निर्वाध ढंगले उद्योग व्यवसाायमा लगानी गर्न आग्रह गरेका छन् । सरकारले उद्योग व्यवसाय क्षेत्रमा भएका कानुनी अड्चन हटाउने प्रधानमन्त्रीको प्रतिबद्धता छ ।

कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडा, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादव, प्रधानमन्त्रीका मूख्य सल्लाहकार विष्णु रिमाल लगायतको उपस्थिती थियो ।

२०७४ चैत १२ गते प्रकाशित

वि.सं.२०७४ चैत १२ सोमवार २१:५७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...