back
NMB ad

सांग्रीला डिस्टीलरीले भित्राउदैं गरेको ४ लाख थान नक्कली स्टिकर बरामद, संचालक फरार

Kumari bank ad

नरेश के.सी.

भैरहवा । करिब १४ वर्ष पहिले रुपन्देहीको सुन्डीमा रहेको त्रिवेणी डिस्टीलरीले करोडौं रकम राजस्व ठगी गरेको तथ्य बाहिर आयो । त्यसका सन्चालक रोहित श्रेष्ठ फरार भए । उनको अहिले देहावासन भईसकेको छ भने उक्त डिस्टीलरी पनि बन्द भयो । डिस्टीलरीको सन्चालक हुनुभन्दा पहिले श्रेष्ठको आर्थिक अवस्था सामन्य थियो । तर एकाध दशकमै उनी नेपालकै गन्यमान्य करोडपति हुन पुगे । त्रिवेणीले राजस्व ठगी गरेको, नक्कली स्टीकर प्रयोग गरेको आरोप खेपेको थियो । उक्त डिस्टीलरीको उत्पादनमध्ये ग्रीन लेभल र पोलो चल्तीका मदिराका ब्रान्ड थिए ।

अरुण खोला नवलपरासीमा रहेकोे श्री डिस्टीलरी को उत्पादान माउन्ट एभरेष्ट, किंग्स प्राईम का पारखी नेपालमा धेरै थिए । मथुरा मास्केले सन्चालन गरेको उक्त डिस्टीलरीले राजस्व ठगी गरेको आरोपमा अरबौं रकम तिर्न बाध्य भएको थियो । उक्त डिस्टीलरी पनि केही वर्ष सम्म बन्द भएर स्वामित्व हस्तान्तरण पछि पुनः सन्चालनमा आएको छ ।

तीन वर्ष पहिले रुपन्देहीको मधवलियामा रहेको क्रिस्टल बोटलर्स प्रा.लिको उत्पादनमा अन्तशुल्कको स्टिकर नै नटासी बेचविखन भईरहेको अवस्थामा राजस्व कार्यलय भैरहवाले हजारौं बोत्तल बरामद गर्यो । उक्त उद्योगको ईश्क ब्रान्डको सौफी मदिरा जिल्लाको दक्षिणी भागमा स्टीकर बिना भेटिएपछि राजस्व अनुसन्धानले करोडौं रकम जरिवाना तिराएको थियो । उक्त डिस्टीलरीले रक्सीमा प्रयोग हुने स्प्रीटको मात्रामा चोरी गरेको थियो । फुल सिंह क्षेत्रीको उक्त उद्योग केही समय बन्द समेत भएको थियो । सन्चालक क्षेत्री पहिले त्रिवेणी डिस्टलरीका सामन्य कर्मचारी थिए । पछि उक्त डिस्टीलरी बन्द भएपछि उनले क्रिस्टल बोटलर्स उद्योग खोलेर मदिराकै उद्योग शुरु गरे । केही दशक पहिले सामन्य आर्थिक अवस्थाका उनी अहिले करोडपतिको रुपमा परिचीत छन् । रुपन्देहीकै फर्साटिकरमा रहेको टाईगर ब्रुअरीले पनि नक्कली स्टिकर प्रयोग गरी राजस्व ठगेको आरोप खेपीरहेको छ । केही महिना पहिले उक्त उद्योगले उत्पादन गर्ने टेन्सवर्ग वियरमा प्रयोग भएको स्टिकर नक्कली भएको तथ्य बाहिर आएको थियो । केही वर्ष पहिले सम्म सामन्य आर्थिक अवस्था भएका उक्त उद्योगका सन्चालक तेजेन्द्र खड्काको आर्थिक प्रगति पनि अत्यन्तै उच्च तहमा पुगीसकेको छ । टेन्सवर्गको वियरमा ४० युपीको ३७५ एमएल परिमाणकोमा ६५० एमएलको वियर बेचेका थिए ।

नक्कली स्टिकर नेपाल भित्राउदैं गर्दा पक्राउ परेकाहरु जिल्ला प्रहरी कार्यलयले सार्वजनिक गदै । तस्वीर : नरेश

चार दिन पहिले रुपन्देही प्रहरीले मिथीला नगरपालिका वडा नम्बर ८ जमुनिबसा बडरा धनुसामा सन्चालनमा रहेको सांग्रीला डिस्टीलरीले अबैध तरिकाले नेपाल भित्राउदैं गरेको ३ लाख ९९ हजार ८ सय ४० थान नक्कली स्टिकर बरामद गर्यो । उक्त स्टिकरसंगै सिनपा १ बेलहियाका विनोद सिंह सहित २ जना भारतीय नागरिक पनि पक्राउ परेका छन् । सांग्रीलाको नक्कली स्टिकर काण्डमा प्रबन्धक भवानी प्रसाद उप्रेती र उत्पादन अफीसर कामेश्वर महतोलाइ पनि पक्राउ गरी सरकारी छाप दस्तखत किर्ते गरेको अभियोगमा जिल्ला अदालत रुपन्देहीमा मुद्धा चलाएको रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए । उद्योगका सन्चालक कुशेश्वर प्रसाद शाह फरार रहेका छन् ।
यसरी यी प्रतिनिधीमूलक घटनाले के देखाउछ भने नेपालमा मदिरा व्यवसाय जत्ति फस्टाएको छ त्यसको तुलानामा उद्योगीको आर्थिक हैसीयत रातारात माथी चूलिएको छ । कर कार्यलयले हरेक उद्योगमा एक जना कर्मचारी अन्तशुल्क चेकजांचको लागी राख्ने प्रवन्ध गरेको छ तर ती कर्मचारी पनि उद्योग सन्चालक संगै मिलेर गैर धन्दा चलाइरहेका छन् । उद्योग सन्चालनको शुरुवात देखी नै नियमन सहि तरीकाले नगरीदा कालान्तरमा उद्योग बन्द हुने र उद्योगी भागाभाग हुने अवस्थामा पुगेका छन् ।

नेपालमा रक्सीको व्यापार दिनप्रतिदिन फस्टाउदैं गएको छ । पहिले पहिले सांझपख मात्रै हुने रक्सी (मदिरा) को कारोबार आजभोली विहानदेखी रातीसम्म हुने गरेको छ । खुसी र दुखः दुबै साट्न रक्सीको साथ बढ्दै गएको हो ।

माग बढ्दैं गएपछि पछिल्लो केही वर्ष यता रक्सी उत्पादक व्यवसायीहरुले ठगी धन्दा मात्रै चलाएका छैनन । स्वास्थयलाइ खतरनाक प्रभाव पार्ने केमिकलहरु पनि रक्सीमा प्रयोग गर्न थालेका छन् । घरेलु रक्सीलाई नष्ट गरेर वाहिवाहि कमाईरहेको प्रशासनले भने ब्रान्डेड रक्सीको नाममा हुने कालो धन्दा र ठगीलाई भने नियन्त्रण गर्न सकिरहेको छैन ।

स्टिकरले उत्पादन र स्टकको व्यवस्थापन गर्ने हुदां नक्कली स्टिकरको प्रयोग गरेर अन्तशुल्क, मूल्य अभिवृद्धिकर, आयकर छली गर्ने गरिन्छ । रक्सीको उत्पादन परिणाम अनुसार अन्तशुल्क लाग्ने हुदां सो लाई छल्न नक्कली स्टिकर प्रयोग गर्ने गरिएको भेटिएको अन्तशुल्कका अधिकृत बताउंछन् । मदिरा उद्योगीले स्टीकरको मात्रै होइन रक्सीमा प्रयोग हुने स्प्रीटको पनि चोरी गर्ने गरेको बुझिएको छ । स्प्रीटको परिणाम अनुसार रक्सीको उत्पादन अनुपात हुनुपर्ने कानुनी प्रावधानलाई छल्न उनीहरुले सो को चोरी पनि गर्ने गरेका हुन् । राजस्व विभागले कारबाहि गरे जस्तो गर्ने तर गरिनपुराउदां नेपालमा मदिरा व्यवसायमा अबैध धन्दा मौलाउदैं गएको हो ।

२०७४ चैत १३ गते प्रकाशित

 

वि.सं.२०७४ चैत १३ मंगलवार १३:०७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...