back
NMB ad

रोका परिवारले गुमाउनु पर्‍यो विदेशमै तीन छोरा

Kumari bank ad

म्याग्दी । स्वदेशमै रोजगारीका अवसर नहुँदा दैनिक सयौँ युवायुवती विदेशिने गरेका छन् । अधिकाँश न्यून र मध्यम वर्गका नागरिकले विदेशमा परिश्रम गरी छोराछोरीले पठाएको पैसाबाट यहाँ घरखर्चदेखि बालबच्चाको लालनपालन र पढाइ खर्च जुटाउने गरेका छन् । तर, यहाँका एक परिवारको भने वैदेशिक रोजगारीले सन्तान, सम्पत्ति र सहारा सबै खोसिदिएको छ ।

जिल्लाको मालिका गाउँपालिका–२ बेली, रुमका धन बहादुर रोका र लिलमती रोकाको परिवार वैदेशिक रोजगारीबाट ठूलो बज्रपात खेप्न बाध्य भएका हुन् । रोका दम्पतीका तीन छोराले वैदेशिक रोजगारीकै सिलसिलामा ज्यान गुमाउनुपरेको छ ।

सुन्दा नै मन थाम्न गाह्रो हुने गरी ‘एकै परिवारका तीन सन्तानको प्रवासमा निधन’ भएपछि यतिबेला रोका दम्पती सन्तान, सहारा र सम्पत्तिविहीन बनेका छन् ।

रोजगारीको सिलसिलामा मलेसियामा रहेका रोका दम्पतीका कान्छो छोरो धर्मलालको यही चैत १० गते राति निधन भएको हो । साढे चार वर्षदेखि एक अपार्टमेन्ट कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत २८ वर्षीय धर्मलाल कुर्चीमै मृत अवस्थामा फेला परेका थिए । यसअघि रोका परिवारका माइला छोरो भक्त बहादुर रोकाको समेत रोजगारीको सिलसिलामै करिब १२ वर्ष अगाडि कतारमा ज्यान गएको थियो । उनको निधन भएको १८ महिनापछि फेरि जेठा छोरो तमबहादुर रोकाको मलेसियामा ज्यान गयो ।

वैदेशिक रोजगारीकै क्रममा तीन छोरा गुमेपछि रोका दम्पती बिक्षिप्त छन् भने सिंगो गाउँ नै स्तब्ध बनेको छ । आफूहरुको सहारा बनेर बिरामी पर्दा उपचार र घरखर्च प्रवासमा रोजगारी गरी जुटाउँदै आएका कान्छो छोरो धर्मलालको समेत विदेशमै मृत्यु भएको खबरले ६५ वर्षीया आमा लिलमती र ६९ वर्षीय बुबा धन बहादुर आफूलाई सम्हाल्न नसक्ने भएका छन् ।

जेठा र माइला छोरा गुमाएको पीडालाई केही हदसम्म लुकाउन सक्ने भएको अवस्थामा फेरि कान्छो छोरो पनि गुमेपछि रोका दम्पती विचलित बनेको र बाँकी जीवनसमेत अनिश्चिततातर्फ धकेलिएको स्थानीय राष्ट्रिय मावि रुमका शिक्षक कृष्ण पुनले बताए ।

‘यस्तो विडम्बना कसैलाई पनि आई नपरोस्, सम्पत्ति कमाउन गएको सन्तान नै गुमेपछि उनीहरुको परिवार यतिबेला दयनीय अवस्थामा छन्, काम गरेर खान सक्ने अवस्थामा नरहेका रोका दम्पतीको जीविकोपार्जनका लागि सहयोगको खाँचो छ’उनले पुनले भने ।

सामान्य कृषि खेती गरी जीविकोपार्जन गर्दैआएका रोका दम्पती जीवनको उत्तरार्धमा सन्तान वियोगको पीडा भोग्न विवश छन् । रोका दम्पतीका चार भाइ छोरामध्ये तीन जनाले रोजगारीकै क्रममा प्रवासमै ज्यान गुमाएका छन् । साइँला छोरो थमबहादुर रोका पनि हालै रोजगारीकै क्रममा मलेसियाबाट फर्किएर आएका हुन् ।

आम्दानी राम्रो नभएपछि जागिर छाडेर घर आएका थमबहादुर भाइ गुमेको पीडाले विक्षिप्त छन् । ‘दुई दाइको पहिल्यै दुःखद निधन भएको थियो, भाइ र मैले जेनतेन घरलाई सम्हालेका थियौँ, अहिले फेरि भाइको पनि अकल्पनीय मृत्यु भयो’ थमबहादुरले भने । आफू फर्कने बेलामा भाइलाई भेट गरेको क्षण सम्झँदै उनले भने दशैँमा आएर घरजम गर्छु भन्थ्यो । अहिले यस्तो खबर सुन्नु प¥यो ।’ वृद्धावस्थामा पुगेका बुबाआमाको स्वास्थ्य अवस्था समेत कमजोर छ ।

पक्षाघातको समस्याबाट पीडित धनबहादुरलाई नियमित औषधि सेवन गर्नुपर्छ । धनबहादुरमा नौ वर्षदेखि हातखुट्टा झम्झमाउने समस्या देखिएपछि औषधोपचारबाट सामान्य हिँड्डुल मात्रै गर्नसक्ने आफन्त रामु पुनले बताए ।

‘यो परिवारले चौतर्फी रुपमा विपद्को सामना गर्नुपरेको छ, उनीहरुलाई आइपरेको विपत्ति टार्न त सकिँदैन, तैपनि केही सहयोग गरे दुःख बाँड्न सकिन्छ, सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गर्छु’ उनले भने ।

घरमा रहेका एक छोरोको आर्थिक अवस्था समेत नाजुक रहेकाले तत्काल वृद्ध बुबाआमाको नियमित स्वास्थ्य उपचारको खर्च जुटाउन समेत समस्या छ ।

रोका परिवारलाई सक्दो सहयोग गर्न उनले सबै मनकारी नेपालीहरुलाई आग्रह गरे । मलेसियाबाट आफन्त र इष्टमित्रको सहयोगमा भाइको शव गाउँ ल्याइपु¥याइएको छ ।

रासस
२०७४ चैत १५ गते प्रकाशित

वि.सं.२०७४ चैत १५ बिहीवार १४:३० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...