back
NMB ad

सार्वजनिक बिदा कटौतीको चेम्बरद्वारा स्वागत

Kumari bank ad

काठमाडौँ । सरकारले सार्वजनिक बिदा कटौती गरेकामा नेपाल चेम्बर अफ कमर्सले त्यसको स्वागत गरेको छ । चेम्बरले आज एक विज्ञप्ति प्रकाशित गरी सरकारको उक्त निर्णय सरहानीय भएको जनाएको हो ।

“हामीले निरन्तर राख्दै आएको मागको सुनुवाइ गरी बिदा कटौती गरेकामा हामी सरकारप्रति आभार व्यक्त गर्दछौँ” चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बढी सार्वजनिक बिदाका कारण मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पारेको भन्दै चेम्बरले बिदा कटौती गर्न प्रधानमन्त्री, मन्त्रीलगायतका उच्चपदस्थ सरकारी अधिकारीसँंगको भेटघाटमा चेम्बरले यो माग सहित सार्वजनिक बिदामा बैंक तथा वितीय संस्था सञ्चालनको माग पनि राख्दै आएको थियो ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्य दिन बढाउने उद्देश्यले वर्षभरिमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको थियो । यसअघि वर्षभरिमा १०४ दिन बिदा दिइँदै आएको थियो ।

२०७४ चैत १५ गते प्रकाशित

वि.सं.२०७४ चैत १५ बिहीवार १६:३५ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...