back
NMB ad

लघुवित्तको झण्डै १६ करोड ४ लाख रुपैँयाको हकप्रद आउदै, हेर्नुहाेस कस्काे कती ?

Kumari bank ad

काठमाडौ । स्वदेशी लघुवित्त र मिर्मिरे माक्रोफाईनान्सले शतप्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डमा निवेदन दर्ता गराएका छन् । स्वदेशीले चैत ४ गते एक बराबर एक अनुपातमा ११ करोड ५० लाख रुपैयाँको हकप्रद तथा मिर्मिरेले फागुन ३० गते चार करोड ५० लाख रुपैयाँ बराबरको चार लाख ५० हजार कित्ता हकप्रद जारी गर्न अनुमति मागेको हो ।

स्वदेशीले एनआईसी एशिया क्यापिटल मार्फत हकप्रद निष्काशन गर्नेछ भने मिर्मिरेले हकप्रदको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त गरेको छ । स्वदेशीको शतप्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ । साथै मिर्मिरेको शतप्रतिशत हकप्रद पूँजीकरण पश्चात चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ ।

स्वदेकिो सेयरमूल्य प्रतिकित्ता ५९६ रूपैयाँ रहेको छ भने मिर्मिरेको सेयरमूल्य प्रतिकित्ता दुई हजार २७० रूपैयाँ रहेको छ । मिर्मिरेले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन सहित प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५ पैसा कायम गरेको छ ।

गत बर्षको नाफाबाट मिर्मिरेले चुक्ता पूँजी चार करोड ५० लाखको ३०.८० प्रतिशत बराबरको एक करोड ३८ लाख ६० हजार रुपैयाँको बोनस सेयर वितरण गरेकाले बोनस पश्चात कम्पनीको पूँजी १० करोड ३८ लाख ६० हजार कायम हुनेछ ।

२०७४ चैत १६ गते प्रकाशित ।

वि.सं.२०७४ चैत १६ शुक्रवार १९:४५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...