back
NMB ad

प्रदेश नंबर ३ सरकारले चाल्यो यस्तो कदम, नीति तथा कार्यक्रममा प्रत्यक्ष जनताको सहभागिता

Kumari bank ad

हेटौँडा । प्रदेश नंबर ३ सरकारले प्रदेश विकासको लागि बनाउने नीति तथा कार्यक्रममा जनताको सहभागिता रहनुपर्ने भन्दै नयाँ कदमको सुरुवात गरेको छ ।
सरकारको नजरमा नपरेका विषयहरु जनताको नजरमा हुने भन्दै सरकारले सार्वजनिक सूचना जारी गर्दै आम नागरिकसँग नीति तथा कार्यक्रम तर्जुमाको लागि सुझाव माग गरेको छ ।

जनताको सरकार भएको कारण हरेक काममा जनसहभागिता हुनुपर्ने भन्दै सरकारले नेपालको इतिहाँसमा नै पहिलो पटक जनतासँग सुझाव माग गरेको हो । नीति तथा कार्यक्रममा सबै समुदायको भावना रहनुपर्ने, हरेक क्षेत्रको विकास समावेश हुनुपर्ने भन्दै सरकारले यस्तो कदम चालेको मुख्यमन्त्रीका स्वकिय सचिव अनुप पौडेलले जानकारी दिए ।

प्रदेश सरकारले बुद्धिजिवी, किसान, ब्यवसायी, मजदुर, पेशाकर्मी, अनुसन्धानदाता, वालवालिका, युवा, महिला , जेष्ठ नागरिक, सहिद परिवार, अपांगता भएक ब्यक्तिको जीवनस्तरमा सुधार ल्याउने खालको योजना, नीति तथा कार्यक्रमहरु भएका सुझाव दिनको लागि आग्रह गरेको हो ।

विकास र समृद्धिको नारालाई मुख्य नारा बनाउँदै अघि बढने तयारी गरेको सरकारको यो कदमले सरकार जनतासँगै रहेको आभाष हुने बताइएको छ । मुख्यमन्त्री भएपछिको हरेक भाषणमा मुख्यमन्त्री डोरमणी पौडेलल विकास र समृद्धि आफ्नो मुल उदेश्य रहेको र जनसहभागितामा आधारित विकास नै प्राथमिकतामा पर्ने बताउँदै आएका थिए ।

मुख्यमन्त्री पौडेल र प्रदेश नंबर ३ सरकारको यो कदमले नेपालको राजनीतिमा नयाँ आयम दिने संभावना समेत रहेको छ । नेपालमा नीति निर्माणको तहमा जनसहभागिता नहुँदा ब्यवहारिक योजना निर्माण नहुने समस्या रहेको जनगुनासो रहेको अवस्थामा प्रदेश सरकारले गरेको यो काम प्रशंशनीय हुने अपेक्षा पनि सरकारले गरेको छ । यसको लागि सरकाले [email protected] मा आफ्ना सुझावहरु पठाउन आग्रह समेत गरेको छ ।

२०७४ चैत १६ गते प्रकाशित

वि.सं.२०७४ चैत १६ शुक्रवार २२:०२ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...