back
NMB ad

समस्या नीति निर्माण र कानुनमा होइन, कार्यान्वयनमा छ : कृषिमन्त्री खनाल

Kumari bank ad

भैरहवा । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल बलदेवले मन्त्रालयहरुमा बनेको नीति नियम र कानुनहरुलाई कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । रूपन्देही उद्योग व्यापार संगठनले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब सरकारको ध्यान कानुन र नीति निर्माणमा भन्दा कार्यान्वयनमा हुने बताएका हुन् ।

आफूले सम्हालेको मन्त्रालयमा पनि धेरै राम्रो कानुन र नीति नियम बनेको बताउँदै उनले बिहारका मुख्यमन्त्री नीतिशकुमारले पदभार ग्रहण गरेपछि दिएको अभिव्यक्तिलाई स्मरण गर्दै भने, बिहारका मुख्यमन्त्री नीतिशकुमारले पदभार ग्रहण गरेपछि मलाई कुनै पनि नयाँ कानुनको जरुरत छैन भनेका थिए, कारण के रहेछ भने उनी सत्तामा आएपछि केही गरेनन्, भएका कानुनहरु राम्रोसँग अध्ययन गरे र काम गर्नेहरुको सुची बनाएर कार्यान्वयनमा लगे, र अहिले बिहारमा शान्ति सुरक्षा लगायतका राम्रो कामहरु पनि भएको देखिन्छ ।, त्यसैले अब हाम्रो मन्त्रालयमा पनि कानुनको कुनै अभाव छैन, ती बनेका कानुनहरुको कार्यान्वयनमा अभाव छ, अब ती कानुनहरुको कार्यान्वयन गर्नुको विकल्प छैन ।

निर्वाचनका क्रममा जनतालाई दिएको आर्थिक समृद्धि र विकासको नारालाई व्यावहारिक रुपमा कार्यान्वयनमा लैजाने गरी हालसम्म कार्ययोजना नबनेको बताएका उनले सरकारको सय दिने समीक्षासहित दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने बताए ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य समेत रहेका उनले पार्टी एकताको काम चैत महिनाभित्र टुंगिने समेत दावी गरे । पार्टी एकताको नीतिगत कामहरु सकिसकेको छ, अब संगठनात्मक कामहरु मात्रै बाँकी छ । यो महिनाभित्र एकताको सबै काम सकिन्छ उनले भने ।

२०७४ चैत १७ गते प्रकाशित

वि.सं.२०७४ चैत १७ शनिवार १४:१२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...