काठमाडौ । संसार निकै अचम्मको छ भन्दा सायद फरक नपार्ला किनकी यहाँ चिया बेचेरै मान्छे प्रधानमन्त्री देखी अर्बपतीसम्म बनेका छन् । भारतमा सानो उमेरमा चिया बेचेका नरेन्द्र मोदी प्रधानमन्त्री बनेका छन् भने अमेरिकामा एक महिला चिया बेचेर अर्बपती बनेकी छन् ।
युवाहरु अवसर छैन भनेर दिनहु रुमल्लीएका हुन्छन् । कोही विदेश जान लालायित छन् त कोही राजनितिक आड भरोसामा उतपादनहिन बाटोमा अल्झिएका छन् । तर यदी आफुमा ईच्छाशक्ती भए चिया बेचेरै अर्बपती बन्न सकिन्छ त्यो पनी डलरमा ।
यसको ज्वलन्त उदाहरण हुन् अमेरिकाकी ब्रुक एडी । एडी सन् २००२ मा भारत आएकी थिइन् । भारतमा चियाको स्वाद र पकाउने तरिका सिकेर अमेरिका फर्किएकी एडीले अमेरिकामा सानो चिया पसल सुरुवात गरिन् ।
भारतमा केहिदिनको बसाई पछी आफ्नो घर फ्लोरिडा फर्किएकी उनले भारतमा पिएको चियाको स्वादलाई याद गर्न थालिन् । त्यसपछि सन् २००७ मा उनले भत्तिः चिया नामबाट कारको डिक्कीमा चियाको पार्टटाइम व्यापार सुरु गरिन् ।
कारको डिक्कीमा सुरुवात गरेको चिया पसलले उनलाई आफ्नो जागिरमात्रै छुटाएन, अर्बपतीसम्म बनायो । उनले चियाको व्यापारबाट ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरिसकेकी छिन् ।
यो वर्षको अहिलेम्ममा उनले ७० लाख डलर बराबरको कारोबार गरिसकेकी छिन् । आफुले चाहेको काम अरुले गरिरहेको भन्दा फरक तरिकामा गरे सफलता मिल्ने उनको भनाई छ ।
२०७४ चैत १८ गते प्रकाशित ।
वि.सं.२०७४ चैत १८ आइतवार ०९:५९ मा प्रकाशित