back
NMB ad

कहिले देखि फिर्ता हुन्छ रसुवागढी र साञ्जेन जलविद्युत्तको आईपिओ नपरेको रकम

Kumari bank ad

काठमाडौं । रसुवागढी हाईड्रोपावर तथा साञ्जेन जलविद्युत्त कम्पनीको आइतबार बाँडफाँड भएको आईपिओ नपरेको रकम मंगलबारदेखि सम्बन्धीत लगानीकर्ताको खातामा फुकुवा हुने दुबै कम्पनीको सेयर विक्री प्रबन्धकले जानकारी दिएका छन् ।

सेयर बाँडफाँडको अन्तिम नतिजा विवरण सोमबार सिडिएस एण्ड क्लियरिङ्ग मार्फत सम्बन्धित बैंकलाई पठाइने र बैंकहरुले मंगलबारबाट क्रमश आवेदकको खातामा रकम फुकुवा गर्ने रसुवागढीको सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटले जनाएको छ ।

साञ्जेन जलविद्युत्त कम्पनीको सेयर विक्री प्रबन्धकले पनि लगानीकर्ताको सेयर परेको रकम कट्टा गरि ढिलोमा विहीबारसम्म रोक्का रकम फुकुवा भइसक्ने जानकारी दिएको छ । सिडिएस एण्ड क्लियरिङ्गले चालू आर्थिक बर्षको सुरुवातसँगै प्राथमिक निष्काशनमा आस्वा प्रणाली लागू गरेकोमा फागुन ११ गतेदेखि अनिवार्य सि आश्वा प्रणाली लागू गरेको थियो ।

रसुवागढी र साञ्जेन जलविद्युत्त कम्पनीले फागुन ११ देखि ३० गतेसम्म तथा चैत ५ देखि १३ गतेसम्म सीमित साधारण निष्काशन गरेका थिए । रसुवागढीको आईपिओमा कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताले ५० देखि ८० कित्तासम्म सेयर प्राप्त गरेका छन् भने साञ्जेनमा ३० देखि ४० कित्ता सेयर प्राप्त गरेका छन् ।

संस्थापक सेयर लगानी गर्ने संस्थाका कर्मचारीहरुलार्इ रसुवागढीमा न्यूनतम ५० कित्तादेखि अधिकतम २७० कित्तासम्म बाँडफाँड गरिएको छ भने साञ्जेनमा ५० कित्तादेखि १५० कित्तासम्म सेयर बाँडफाँड गरिएको छ ।

२०७४ चैत १९ गते प्रकाशित

वि.सं.२०७४ चैत १९ सोमवार १५:३२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...