back
NMB ad

दिल्लीबाट काठमाडौँ आउँदै गरेको पर्यटक बसबाट रक्तचन्दन तस्करी, दुई पक्राउ

Kumari bank ad

काठमाडौँ । महानगरीय प्रहरी वृत्त, कालिमाटीले ११ किलो रक्तचन्दन र विभिन्न सामग्रीसहित दुईजनालाई पक्राउ गरेको छ ।

वृत्तले दिल्लीबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ४५१६ नं को पर्यटक बसमा रक्तचन्दन लुकाएर ल्याउँदै गरेका चालक काभ्रेका झिल्केमान रुम्बा र सहचालक वुटवलका सुमन पुनलाई मंगलबार पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरी ११ किलोग्राम रक्तचन्दन, रक्तचन्दनबाट मालामा प्रयोग गर्न बनाएको एक हजार ३०२ दाना, कुर्था सुरुवाल ६० थान, कुर्था टप्स दुई हजार ९८८ थान बरामद गरेको जानकारी दिएको छ ।

यसैगरी, सिल्क साडी १४३ थान, सिल्क साडी ६४ थान, सिफन साडी ६९ थान, महिला चप्पल १८ जोर र पुरुषले लाउने सर्ट २१० थान बरामद गरेको छ । वृत्तले सोही बसबाट बिजुलीका समान बोर्ड कभर, थ्री प्लक, फोर ब्लक सकेट, स्वीचलगायतका सामान पनि बरामद गरेको छ ।

परिसरका प्रमुख विश्वराज पोखरेलले तस्करीको शैलीमा पनि परिवर्तन आएको बताउनुभयो । “बसको सीट, छत र बोनेटमा कपडाभित्र लुकाएर सामान ल्याएको प्रहरीले फेला पारेको हो,”– उहाँले भन्नुभयो । उहाँले रक्तचन्दन र अन्य सामग्री ल्याउने मुख्य व्यक्तिको खोजी भइरहेको जानकारी दिनुभयो ।

बरामद गरिएका सामानमध्ये रक्त चन्दनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय, हात्तीसार र कुर्था, सुरुवाल र अन्य सामग्रीलाई राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको परिसरले जनाएको छ ।

२०७४ चैत २१ गते प्रकाशित

वि.सं.२०७४ चैत २१ बुधवार १९:०६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...