back
NMB ad

सेयरमूल्य प्रतिकित्ता ६१९ रुपैयाँ रहेको माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद जारी गर्ने

Kumari bank ad

काठमाडौं । समता माइक्रोफाइनान् ले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रकृया अगाडि बढाएको छ । बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको लघुवित्तले दुर्इ बराबर एक अनुपातमा एक लाख ७९ हजार ६०० कित्ता हकप्रद जारी गर्न लागेको हो ।

माइक्रोफाइनान्सले हकप्रद सेयर निष्काशनका लागि एनआईबिएल एस क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।

५० प्रतिशत हकप्रद जारी गर्नका लागि लघुवित्तले चैत १३ गते निवेदन दर्ता गराएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कम्पनीकोे मंसिर १६ गते सम्पन्न चौथो बार्षिक साधारण सभाले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

गत बर्षको नाफाबाट २० प्रतिशत बोनस वितरण गरेको लघुवित्तको चुक्ता पूँजी तीन करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी पाँच करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

बिहीबार लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ६१९ रुपैयाँमा कारोबार भएको छ ।

२०७४ चैत २३ गते प्रकाशित

वि.सं.२०७४ चैत २३ शुक्रवार १४:४९ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...