back
NMB ad

कृष्णहरि खत्रीको अध्यक्षामा तारकेश्वर खानेपानीको नयाँ कार्यसमिति चयन

Kumari bank ad

काठमाडौं । नागार्जुन नगरपालिका वडा नम्बर १० मा रहेको तारकेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चौथो साधारण सभा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष कृष्णहरि खत्रीको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ रहेका थिए । कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले स्वच्छ खानेपानी पाउने नागरिकको अधिकार भएको बताउँदै तिनै तहको निर्वाचन सम्पन्न भईसकेकोले सरकारले प्राथमिकताका रुपमा खाने पानी योजनाहरुलाई अगाडि बढाउनुपर्ने बताए । लामो समयदेखि काठमाडौंका जनताले आशा गरिरहेको मेलम्ची आयोजना समयभित्र नै सम्पन्न गर्नु पर्ने र मेलम्चीले तिव्र शहरिकरण भईरहेको साविक स्यूचाटारमा पनि पानी वितरण गर्नुपर्ने श्रेष्ठले बताए ।

विशेष अतिथि प्रदेशसभा सदस्य केशव प्रसाद पोखरेलले उपभोक्ताहरुको आफ्नै लगानीमा पानी वितरणको काम गर्नु सह्रानीय भएको बताउँदै सरकारले नागरिकप्रतिको जिम्मेवारीबाट विमुख हुन नहुने बताए । उनले पानी वितरणलाई प्राथमितामा राखेर बजेट विनियोजन गर्नुपर्ने धारणा राखे ।

९०० घरधुरीलाई विगत ५ बर्ष देखि पानी वितरण गरिरहेको उपभोक्त समितिको कार्यक्रममा अमरज्योती उच्च माविका प्रचार्य सुन्दर पन्त, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्याल, राजनीतिज्ञ बाचस्पति देवकोटा, वडा अध्यक्ष सुन्दर बहादुर के.सी. लगायतले शुभकामना व्यक्त गरेका थिए ।

उपभोक्ताहरुको उल्लेखनीय उपस्थिति रहेको सो सभाले कृष्णहरि खत्रीको अध्यक्षामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अन्य पदाधिकारीहरुमा उपाध्यक्ष जमुना थापा, सचिव खिल गिरी, सहसचिव सविता पण्डित, कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा लवकुमार केसी चयन भएका छन् ।

सभाले खानेपानी वितरणलाई सहज बनाउन विभिन्न योजनाहरु बनाउनुका साथै आकाशेपानी संकलन तथा जमीनभित्र पानी पुनर्भरणको योजना समेत बनाएको छ ।

२०७४ चैत २४ गते प्रकाशित

वि.सं.२०७४ चैत २४ शनिवार २२:१५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...