back
NMB ad

१४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको निर्माण कार्य शुरु

Kumari bank ad

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण शुरु भएको छ । म्याग्दी हाइड्रोपावर प्रालिद्वारा निर्माण हुन लागेको यस आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थलदेखि सुरुङ खन्ने तयारी गरेको हो ।

घारको विरौटादेखि करीव तीन किलोमिटर सडक खनेको आयोजनाले सडकको स्तरोन्नतिको कामसँगै निर्माण पूर्वका तयारीलाई तीव्रता दिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बताए ।

आयोजनाको मुख्य कामका रुपमा हेरिने सुरुङ मार्गमा विष्फोटन कार्यका लागि नेपाली सेनाको क्याम्प राख्न आवास निर्माण भइसकेको छ । “सडकबाट प्रभावित अधिकांशलाई मुआब्जा वितरण गरिसकेका छौँ, बाँकी केहीको पनि कागजी प्रक्रिया पुगेपछि उपलब्ध गराउँछौँ, निर्धारित समयमै आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी काम थाल्छौँ”, उनले भने ।

घारको कुरिला बगरमा बाँध रहने यस आयोजनामा विद्युत्गृहसम्म पानी खसाल्नका लागि तीन किमी ४८ मिटर लामो सुरुङमार्ग निर्माण गरिनेछ । सुरुङ मार्ग हुँदै ल्याइएको पानीलाई करीव एक हजार २०० मिटर पेनस्टक पाइपमार्फत पोखरेबगरमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।

आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको यस आयोजनामा रु दुई अर्ब ४१ करोड लगानी अनुमान गरिएको आयोजनाका इञ्जिनियर जोसेफलाल बज्राचार्यले जानकारी दिए ।

२०७४ चैत २५ गते प्रकाशित

वि.सं.२०७४ चैत २५ आइतवार ११:३४ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...