back
NMB ad

सूर्याको ४० प्रतिशत हकप्रद आउँदै,कस-कसले दिने आवेदन

Kumari bank ad

काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सले ४० प्रातिशत हकप्रद जारी गर्न वैशाख ५ मा बुक क्लोज गर्ने भएको छ । वैशाख ४ गतेसम्म कायम सेयरधनीले यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा वैशाख ४ गते भित्र सेयरधनी भइसक्नुपर्नेछ ।

सूर्या लाइफले ४० प्रतिशत हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । १० बराबर ४ अनुपातमा २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद बेच्नको लागि बाटो खुलेको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटल लिमिटेडले गर्नेछ ।

सूर्या लाइफको गत भदौं २७ गते सम्पन्न साधारण सभाले ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही निर्णय बमोजिम सूर्याले अहिले हकप्रद निष्काशन प्रक्रिया अघि बढाएको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ छ । यही चुक्ता पुँजीबाट ४० प्रतिशत हकप्रद निष्कासन गर्न लागिएको हो ।

४० प्रतिशत हकप्रदपछि चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । प्रतिसेयर आम्दानी २० रुपैयाँ १३ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १५१ रुपैयाँ ६९ पैसा छ ।

२०७४ चैत २६ गते प्रकाशित

वि.सं.२०७४ चैत २७ मंगलवार १२:५९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...