नयाँ वर्षको अवसरमा नारायणगढ मुग्लिन सडक खुल्ला

चितवन । सडक विस्तारको क्रममा दिउँसो यातायातका साधन रोकेर काम गरिँदै आएको नारायणगढ–मुग्लिन सडक नयाँवर्ष २०७५ को पहिलो दिन शनिबार खुल्ला रहने भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सवारी साधन बन्द गरेर काम गरिँदै आएकोमा वैशाख १ गते नयाँ वर्ष मनाउनका लागि आवागमन खुल्ला गरिएको हो । आवागमन बन्द हुँदा यात्रुले लामो समयसम्म सडकमा प्रतिक्षा गरेर बस्नुपर्ने बाध्यता छ, भने खुलिसकेपछि पनि लामो समयसम्म सवारी जाम व्यहोर्नुपर्ने हुन्छ ।

२०७४ चैत ३० गते प्रकाशित

२०७४ चैत्र ३० गते १५:०८ मा प्रकाशित

You can share this post!

मेगा बैंकको सीइओमा अनुपमा खुँजेली, वाणिज्य बैंकहरुकै पहिलो महिला सिइयो

अव सेयर कारोवार गर्न ब्रोकर अफिस धाउनु नपर्ने,  यस्तो आयो धितोपत्र बोर्डको निर्देशन

Related posts