इन्स्योरेन्सको ७५ करोडको आईपिओ निष्काशन गर्ने प्रस्ताव साधारण सभाद्वारा पारित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न प्रथम बार्षिक साधारणले आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले जारी पूँजी दुई अर्ब ५० करोड रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रहेको छ ।

इन्स्योरेन्सले ०७४ कार्तिक २ गतेदेखि व्यवसायिक कारोबार थालेको कम्पनीले विभिन्न ३५ कार्यलयहरु मार्फत बीमा सेवा प्रदान गर्दे आईरहेको छ । कम्पनीले गत दोस्रो त्रैमाससम्ममा पाँच करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

२०७५ बैशाख ७ गते प्रकाशित

२०७५ वैशाख ७ गते १७:३६ मा प्रकाशित

You can share this post!

निकुञ्जको ७० करोड आम्दानी मध्यवर्ती क्षेत्रका बासिन्दालाई

लुम्बिनी बैंकको ६ लाख कित्ता सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन

Related posts