back
NMB ad

भुकम्पवाट अभिभावक गुमाएकी प्रतिभा भण्डारीको अभिभावक बने श्रीहरी थापा

Kumari bank ad

काठमाडौं । राष्ट्रिय अभियान नै चलाएर सुरु गरिएको यस बर्षको शैक्षिक सत्र अन्तर्गतको नयाँ भर्ना अभियानले गती लिन थालेको छ । बिद्यालय जानबाट बन्चित मुलुकभरका झन्डै तीन लाख बिद्यार्थीलाई लक्षित गरी ल्याइएको यस अभियानले सरकारी बिधालयमा नयाँ बिद्यार्थीको चाप देखिन थालेको हो । यसै अभियानलाई निरन्तरता दिदै काठमाडौं चन्द्रगिरी स्थित प्रभात माध्यमिक बिधालयमा पनि नयाँ भर्ना सुरु भएको छ ।

सो अबसरमा काठमाडौं जिल्ला शिक्षा अधिकारि प्रकाश सापकोटाले सुप्रिया परियारलाई माध्यमिक तह सम्मको सम्पूर्ण पढाई खर्च ब्यहोर्दै अभिभाबकत्त्व ग्रहण गरेका थिए । साथै नयाँ भर्ना अभियानलाइ सार्थकता दिन र हरेक बालबालिकालाई बिद्यालय शिक्षाको पहुँच सम्म पुराउन जिल्ला शिक्षा कार्यालय कटिबद्ध रहेको अधिकारिले बताए ।

सोही अबसरमा नेकपा एमालेका जिल्ला सदस्य तथा चन्द्रगिरी नगर संयोजक प्रलाहद बहादुर कार्किले स्थानिय अनिल श्रेष्ठको सम्पूर्ण पढाई खर्च ब्यहोर्दै अभिभाबकत्त्व ग्रहण गरेका थिए भने सोही बिधालयमा अध्ययन गरेका संचारकर्मी श्रीहरि थापाले भुकम्पबाट अभिभाबक गुमाएकी छात्रा प्रतिभा भण्डारीको माध्यमिक तह सम्मको सम्पूर्ण पढाई खर्च ब्यहोर्ने गरी अभिभावकत्त्व ग्रहण गरेका थिए ।

त्यसै गरी काठमाडौं निर्वाचन क्षेत्र नं ९ प्रतिनिनिधिसभा सदस्य दोय माननीय कृष्णगोपाल श्रेष्ठ र विना श्रेष्ठले चन्द्रागिरि नगरपालिका वडा १ मा रहेको श्री कृष्ण माध्यामिक विद्यालयमा दहचोक निवासी ४ वर्षिय वालिका “खुशी खान”लाई कक्षा १ मा भर्ना गरी अभिभाबकत्व ग्रहण गरी विद्यार्थी भर्ना अभियान २०७५ सफल बनाउन अव्हान गरेका छन्।

आधारभूत शिक्षाबाट कुनै पनि बालबालिका बञ्चीत हुन नपरोस भने र घरदैलोमा नै आएर विधार्थी भर्ना गरेको शिक्षाले मात्र देशको विकास सम्भव भएकोले सबैका लागि शिक्षा भन्ने मूल मर्मलाई साकार बनाउँदै दुई वर्षभित्रमा निरक्षरता हटाउने अभियानको एउटा कडीको रुपमा यसलाई आफुले लिएको माननीय कृष्ण गोपाल श्रेष्ठले बताए ।

२०७५ बैशाख १० गते प्रकाशित

वि.सं.२०७५ वैशाख १० सोमवार १५:११ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...