back
NMB ad

प्रदेश नं ३ को नीति तथा कार्यक्रम प्रस्तुत

Kumari bank ad

हेटौँडा । प्रदेश नं ३ को मन्त्रिपरिषद्ले आफ्नो नीति तथा कार्यक्रम आज प्रदेशसभामा पेश गरेको छ । प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

निती तथा कार्यक्रममा संविधानसभाले सर्वाधिक लोकतान्त्रिक विधिबाट २०७२ असोज ३ गते जारी गरेको प्रगतिशील र लोकतान्त्रिक संविधानले सबैखाले राजनीतिक संक्रमणको अन्त्य गरी जननिर्वाचित प्रतिनिधिहरुको अगुवाइमा विकास, स्थिरता र समृद्धिको मार्ग खुल्ला गरेको उल्लेख छ ।

प्रदेश प्रमुख कोइरालाले देश स्थायित्व, समृद्धि, तीव्र विकास र आपसी एकताको वृद्धिको चरणमा प्रवेश गरेको र अब समतामूलक, समाजवादउन्मुख, पूर्ण लोकतान्त्रिक दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरिन् । उनले यस प्रदेशमा सुरुङमार्गमार्फत छोटो दूरीको पहुँच र एक जिल्ला एक विशिष्टीकरण उत्पादन, प्राविधिक शिक्षाको स्थापना र विस्तार, नयाँ शहरहरुको अध्ययन, निर्माण र विस्तार, जोखिममा रहेका बस्तीको स्थानान्तरण, वैज्ञानिक भू–उपयोग नीतिअनुसार भूमिको व्यवस्थापन गर्ने कार्यक्रमलाई सरकारले दृढतासाथ कार्यान्वयन गर्ने, प्रदेशभित्र व्यापक रुपमा रोजगारीको अवसर सिर्जना गर्ने र उद्यमशीलता विकास गर्ने लक्ष्य राखेको बताईन् ।

प्रदेश नं ३ को नीति र कार्यक्रममा सडक यातायात, सञ्चार, ऊर्जा विकास र विस्तार, कृषि, पर्यटन, सेवा क्षेत्रको आधुनिकीकरण, गुणस्तरीय र सर्वसुलभ शिक्षा र स्वास्थ्य, स्वच्छ खानेपानी, उद्योग र व्यापारको समुचित विकासलगायत दिगो विकास लक्ष्य तोकिएका छन् ।

प्रदेश नं ३ का मुख्य मन्त्री डोरमणि पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा टेबल गरेका थिए । सभासद् रामेश्वर फुयाँलले सरकारका तर्फबाट नीति तथा कार्यक्रम सम्बोधन गर्नुभएकामा प्रदेश प्रमुख कोइरालालाई धन्यवाद दिए ।

२०७५ बैशाख ११ गते प्रकाशित

वि.सं.२०७५ वैशाख ११ मंगलवार १७:११ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...