back
NMB ad

पार्किङलाई व्यवस्थित बनाउन स्मार्ट पार्किङ निर्माण गर्दै कामपा

Kumari bank ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माण गर्ने भएको छ । उक्त पार्किङ पहिलो चरणमा न्यूरोडमा निर्माण गरिनेछ । पहिलो चरणमा परीक्षणका रुपमा निर्माण गर्ने उक्त पार्किङको प्रभावकारिता हेरी अन्य स्थानमा निर्माण गरिने कामपा सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए ।

उनका अनुसार यस किसिमको पार्किङ अत्यन्तै सुविधासम्पन्न हुन्छ, कोही व्यक्ति न्यूरोड जाँदै हुनुहुन्छ भने अन्य कुनै स्थानबाट पहिलेनै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्न सकिन्छ । कुनै कारणवस अन्य व्यक्तिले पहिलेनै बुक गरिसकेको भए सो स्थानमा सवारीसाधन पार्किङ गर्न लगेमा सवारीसाधन त्यस स्थानमा राख्न सकिने छैन ।

दर्ता गरेको सवारीको नम्बर सही छ वा छैन भनी सेन्सरले जाँच गर्ने भएकाले दर्ता भएको सवारीसाधन मात्र पार्क सर्न सकिन्छ । जुन सवारीसाधनको नम्बर दर्ता भएको छ उक्त सवारीसाधनले मात्र उक्त स्थानमा पार्किङको सुविधा लिन पाउने काफ्लेले जानकारी दिए ।

यस पार्किङ निर्माणबाट सहजरुपमा सवारीसाधनको व्यवस्थापन गर्न सकिने कामपाले विश्वास लिएको छ । न्यूरोडमा विशालबजार अगाडि रहेको खाली स्थानमा पार्किङ निर्माण गर्ने तयारी कामपाको छ ।

२०७५ बैशाख १२ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १२ बुधवार १०:२५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...