त्रिशुली नदीमा ग्यास बुलेट खस्दा चालकको मृत्यु

काठमाडौँ । त्रिशुली नदीमा ग्यास बुलेट खस्दा चालकको मृत्यु भएको छ । भारतबाट ग्यास बोकेर काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ ।

प्रहरीका अनुसार गजुरी गाउँपालिका–२ फुर्केखोला र मलेखुको बीचमा बीआर ५५ क्यूएच ८६३० नम्बरको ग्यास बुलेट नदीमा खसेको हो । दुर्घटनामा बुलेटका चालक भारत जब्बु रजौरीका ३६ वर्षीय सुरेन्द्र सिंहको घटनास्थलमै मृत्यु भएका प्रहरीले जनाएको छ ।

२०७५ बैशाख १४ गते प्रकाशित

२०७५ वैशाख १४ गते १०:३८ मा प्रकाशित

You can share this post!

बैतडीमा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेन

१० प्रतिशत हकप्रद पछि, सिद्धार्थ बैंकको २ लाख १४ हजार कित्ता सेयर लिलामी आउँदै

Related posts