back
NMB ad

अरुण तेस्रो जलविद्युत्त कार्यालयमा बम विस्फोट

Kumari bank ad

काठमाडौं । अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खाँदबारी ९ स्थित तुम्लिङटारमा रहेको आयोजनाको कार्यालयमा बम विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले गएराति १२ः२५ बजे अज्ञात समूहले आयोजनाको कार्यालयमा विस्फोट गराएको जनाएको छ । प्रहरीका अनुसार, विस्फोटबाट कार्यालयको दक्षिणतर्फ सामान्य क्षति भएको छ ।

‘राति १२ः२५ बजे कार्यालयको दक्षिणतर्फ बम विस्फोट हुँदा पर्खालमा सामान्य क्षति भए पनि अन्य क्षति भएको छैन’, इन्स्पेक्टर वेदप्रसाद गौतमले भने ।

विस्फोट कसले गरायो भन्नेबारे केही खुलेको छैन । घटनालगत्तै सुरक्षा सतर्कता अपनाइएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७५ बैशाख १६ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १६ आइतवार १०:०६ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...