खाद्य संस्थानमै छैन चामल

भोजपुर । खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव भएको छ । दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताए ।

यहाँका स्थानीय तथा जिल्ला कारागारमा वितरण गर्ने चामल दुई महिना अगाडिदेखि नै सकिएको प्रमुख भण्डारीको भनाइ छ । जिल्लामा यस वर्ष ५०० क्विन्टलको लागि बोलपत्रको आह्वान भइसकेको छ । टेण्डर प्रक्रियामा ठेकेदारको ढिलाइका कारण खाद्य संस्थानमा चामलको अभाव भइरहेको छ ।

खाद्य संस्थानमै चामलको मौज्जाद नभएपछि कुनै पनि समय जिल्लामा हुन सक्ने दैविक प्रकोपमा आपत्कालीन रुपमा खाद्यान्न वितरण गर्नुपर्ने खण्डमा भने समस्या हुनसक्ने बताइएको छ ।

२०७५ बैशाख १७ गते प्रकाशित

२०७५ वैशाख १७ गते ११:४८ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री ओली शान्ति ¥यालीमा सहभागी

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो रोक्न तीव्र रुपमा काम अघि बढ्दै

Related posts