नातिबाबु भट्ट,कोलोराडो, अमेरीका । नेपाली र नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक संकलन गर्ने उद्धेश्यले अयोजना गरिएको श्रीमद्भागवत् महापुराणको तेश्रो दिन सम्म आईपुग्दा १ लाख ५० हजार डलर भन्दा बढि सहयोग संकलन भएको छ । नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरुको आयोजनामा गत आईतबार देखी बाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारबिन्दबाट श्रीमद्भागवत् महापुराणको कथावाचन शुरु भएको हो ।
त्यसैगरी आज आर एण्ड आर होम केयर तथा मैरिक एडल्ट डे केयरका भेनस मेटावर्सनले नेपाली समुदायले अघि बढाएको अभियानबाट प्रभावीत भई १० हजार डलर सहयोग गरेका छन् । त्यस्तै अन्य दाताहरुमा अध्यक्ष मण्डलका सदस्य डा.बिष्णुबहादुर श्रेष्ठको परिबारबाट ११ हजार १, अर्का सदस्य डा.विजयराज शर्माको परिवारबाट १० हजार १ डलर सहयोग दिने घोषणा गरेका छन् ।
त्यसैगरी आज सहयोगको घोषणा गर्नेहरुमा सोम अर्यालको स–परिबारबाट ५ हजार १, पूर्ण गुरुङको परिवारबाट ५ हजार १ सय, पुष्कर बस्नेतको परिवारबाट १ हजार १ सय ११, नन्दलाल न्यौपानेको परिवारबाट १ हजार १ सय ११, किरातराई सोसाईटीबाट १ हज्ाँर २५, निर्मल प्याकुरेलको परिवारबाट १ हजार १, राजु थापाको परिवारबाट १ हजार १ र अर्जुन कार्कीको परिवारबाट १ हजार सहयोग भएको कोषाध्यक्ष जगदिश ढकालले बताएका छन् ।
मध्यान्तर पछिको कार्यक्रम कोलोराडो अफ्रीकन अर्गनाईजेशनका शेर मीजारको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । मध्यान्तरको समयमा हनुमान चालिसाका भजन समुहका भक्तजनहरुले भजन प्रस्तुत गरेका थिए । सहयोग गर्ने दाताहरुलाई अध्यक्ष मण्डलका टिमले खादा पहिराई दिई सम्मान गरेका थिए ।
२०७५ बैशाख १९ गते प्रकाशित
वि.सं.२०७५ वैशाख १९ बुधवार १४:२७ मा प्रकाशित