back
NMB ad

बालकलाई यसरी जोगाउनुस् यौन दुर्व्यवहारबाट

Kumari bank ad

नेपालमा पछिल्लो समय बाल दुराचारका घटना एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेका छन् । विशेषगरी सहरी क्षेत्रमा यस्तो प्रकृतिका घटना डरलाग्दो गरी बढ्दो छ । धेरैले यौन दुराचारको घटना भन्नेबित्तिकै बालिकालाई सम्झन्छन् । तर, बालक पनि यस्तो शोषणमा परेका अनगिन्ती उदाहरण छन् । बाल यौन दुराचारबारे केही उदाहरणसहितको एक सामग्री :

केही भयावह उदाहरण

१. विभिन्न आश्वासन दिएर बालकलाई जम्मा गरी यौन शोषण गर्ने क्यानेडियन नागरिक पिटर जोन डालगिल्स गत चैत अन्तिम साता काभ्रेबाट पक्राउ परे । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले डालगिल्सलाई काभ्रेको मण्डन देउपुर नगरपालिकास्थित चिलकाजी महर्जनको घरबाट पक्राउ ग¥यो । डालगिल्स ‘हिमालयन कम्युनिटी फाउन्डेसन’ नामक संस्था स्थापना गरेर दुई वर्षयता नेपाल आउने–जाने गरेका थिए । त्यसक्रममा उनको साथबाट दुईजना बालकको उद्धार गरियो । डालगिल्सले सन् २०१० देखि २०१४ सम्म संयुक्त राष्ट्रसंघमा काम गरेकोसमेत खुलेको छ ।

२. पर्यटन भिसामा गत भदौ ७ मा नेपाल आएका केनेथ जोसेफ कमबसलाई बाल यौन दुराचारको अभियोगमा पक्राउ गरियो ।

३. ४ पुस २०७१ मा ललितपुरका एक बालकलाई बलात्कार गरेको अभियोगमा क्यानडाका नागरिक अर्नेस स्वाम्बिकलाई जिल्ला अदालत ललितपुरले सात वर्ष जेल सजाय र १० लाख क्षतिपूर्ति भर्नुपर्ने फैसला सुनायो । पुनरावेदनका क्रममा तत्कालीन पुनरावेदन अदालत पाटनले सात वर्ष जेल र तीन लाख क्षतिपूर्ति भरायो ।

व्यावसायिक बाल यौनशोषण

क. बालबालिकालाई व्यावसायिक रूपमा नै यौनजन्य कार्यमा संलग्न गराई त्यसबाट तेस्रो व्यक्तिले आर्थिक वा अन्य किसिमको फाइदा लिन्छ भने त्यसलाई व्यावसायिक यौनशोषण भनिन्छ । कुनै पनि व्यक्तिद्वारा यौन सम्पर्कका लागि बालबालिकालाई विभिन्न लोभलालच, करकापमा पारी, डर–धम्की दिएर यौनजन्य क्रियाकलापमा लगाएर बाल यौनशोषण गरिरहेका हुन्छन् ।

ख. बालअधिकारकर्मी कविता साहका अनुसार आर्थिक अवस्था कमजोर, कमजोर पारिवारिक अवस्था, शिक्षा तथा जनचेतनाको कमी, परम्परागत रीतिरिवाज (देउकी, झुमा, बादी), बाल विवाह, लैंगिक असमानता, बसाइँसराइ, बढ्दो अनलाइन सेवा, टेक्नोलोजीको गलत प्रयोग बाल यौन जोखिमका कारक तत्व हुन् । प्रहरी निरीक्षक कोपिला चुँडालका अनुसार जानीजानी भावनात्मक सम्बन्ध स्थापित गरेर, बालबालिकाको विश्वास जितेर यौनशोषण र दुव्र्यवहार गर्ने गरेको पाइएको छ । उनका अनुसार विश्वमै बालिकाभन्दा बालक बढी यौन दुव्र्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।

कसरी सुरक्षित हुने

१.सामाजिक सञ्जालको सही प्रयोग ।
२.नचिनेका व्यक्तिलाई चाँडै विश्वास नगर्ने र कोही साथी बन्न आएमा राम्रोसँग विचार गर्ने ।
३.सामाजिक सञ्जालमा चिनेकै भरमा व्यक्तिगत विवरण दिने, भेट्न जाने, आफ्ना तस्बिरहरू साटासाट गर्ने, भिडियो च्याट गर्नेजस्ता जोखिमपूर्ण काम नगर्ने ।
४.कसैले अनलाइनमार्फत यौन आशय झल्किने क्रियाकलाप गरेमा त्यसपछि गर्ने गतिविधिबारे बालबालिकालाई सचेत गराउने । केही समस्या भएमा अभिभावकसँग खुलेर कुरा राख्न सक्ने वातावरणको विकास गर्ने ।
५.अनावश्यक साइट नखोल्ने ।
६.अभिभावकले पनि बालबालिकालाई इन्टरनेटसम्बन्धी सुरक्षाबारे जानकारी दिनुपर्छ ।

जोखिमबाट मुक्त हुन के गर्ने

१.सबैभन्दा पहिले आफ्ना नजिकका व्यक्ति आमा, बुबा, हजुरआमा, हजुरबुबा, शिक्षक, साथी आदिलाई जानकारी दिने ।
२.प्रहरी प्रशासनबाट सहयोग लिने ।
३.बालबालिकासम्बन्धी काम गर्ने निकायसँग सहयोग माग्ने ।
४.प्रमाणका लागि अश्लील वार्तालाप वा चित्रहरू सुरक्षित राख्ने ।
५.बालबालिकामा मनोसामाजिक समस्या देखिएमा मनोविमर्श सेवामा राख्ने ।

नयाँ पत्रिका
२०७५ बैशाख २० गते प्रकाशित

वि.सं.२०७५ वैशाख २० बिहीवार १४:४९ मा प्रकाशित

You can share this post!

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...