काठमाडौं । सरकारले सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति लिएका साविकका यातायात व्यवसायी समिति, महासंघ र तिनका पदाधिकारीको सम्पत्ति विवरणको अनुसन्धान गर्ने भएको छ।
गृहमन्त्रीले सिन्डिकेटधारी व्यवसायीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएर सुरू भएको दुई मन्त्री र गर्भनरको बैठकले यातायात समितिहरुको बैंक खाता रोक्का गर्ने देखि सम्पती शुद्धिकरणको मुद्धा चलाउनेसम्मको निर्णय गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा,भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ,गर्भनर डा.चिरञ्जीवी नेपाल लगायतको बैठकले उक्त निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
उनीहरूको बैंक खाता रोक्काका लागि यातायात व्यवस्था विभागले समितिहरुको सबै विवरण अर्थ मन्त्रालयलाई पठाउने बैठकमा सहमति भएको छ । बैठकले सबै यातायात व्यवसायीहरुको सम्पत्ति छानबिनका लागि सम्पती शुद्धिकरण अनुसन्धान विभागलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ । हालसम्म देशैभर गरी एक सय भन्दा धेरै यातायात व्यवसायी पक्राउ परिसकेका छन् ।
२०७५ बैशाख २१ गते प्रकाशित
वि.सं.२०७५ वैशाख २१ शुक्रवार १९:५३ मा प्रकाशित