back
NMB ad

महादेवबेसी महोत्सवमा सात वर्षकी सुप्रिनाले दर्शक रुवाउने

Kumari bank ad

काठमाडौं । स्वभावैले बालबालिका आमाबाबुको काखमा रमाउन चाहन्छन् । खेल्न चाहन्छन् । संधैभरी खुशि र सुखि भएको देख्न चाहन्छन् । तर पछिल्लो समय श्रीमान श्रीमतिकाबिच हुने असमझ्दारी, झगडाले छुट्टिनेसम्मको अवस्था आउँदा दुवैको मायाको साक्षी बालबालिका भने ठुलो मानसिक यातना खेप्न बाध्य छन् ।

बाबुआमा संधै घरमा झगडा गरेर सन्तानको ख्याल नगर्दा बालबालिकामा पर्ने असर अनि त्यहि कारण निम्तिएको डिभोर्सले जीवित रहेता पनि आमाबाबु गुमाएझेैं महसुस हुने गरि बालबालिकाको भावना समेटेर तयार गरिएको गीत सात वर्षकी सुप्रिना कार्कीले गायन तथा अभिनय गरेकी छन् । शब्द रचना केडी राई संगित ममोहन मगर र रोशन बान्तवाले एरेन्ज गरेको गीत सङ्स नेपाल मार्फत युट्युवमा आएको छ ।

यतिबेला चर्चाको शिखर चुम्दै गरेको गीतले डिभोर्स गरेका सेलिब्रेटी दम्पती कथामाथि ब्यंग्यत्मक झापड प्रहार गर्दै पिडामा परेका बालबालिकालाई मलम पट्टि लगाएको छ ।

बालकलाकार कार्कीको यो दोस्रो कोसेली हो । यस अघि बिदेशमा रहने आमाबाबुलार्इ सम्झंदै दशैं तिहारमा बाबलबालिकाको मनोविज्ञान समेटेको गीत तथा म्युजिक भिडियोले निकै चर्चा कमाइसकेको छ ।

धादिङको महादेवबेसी स्थायी घर भएकी कार्की शनिबार मादेवबेसी बजारमा चलिरहेको महादेवबेसी राजमार्ग मिनि महोत्सवमा स्टेज शोमा सहभागी हुँदै छिन् । कार्की आउने खवर आयोजकले एफएम र माइकबाट गुञ्जयमान गराइरहँदा स्थानीय हषिर्त भएका छन् । कार्कीको आगमनले दर्शकको भिड लाग्ने अनुमान गरिएको छ ।

गीत यहाँ हेर्नुहोस

२०७५ बैशाख २१ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २१ शुक्रवार २३:५६ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...