back
NMB ad

यस्तो छ, मोदीको नेपालमा २९ घन्टे कार्यक्रम

Kumari bank ad

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ गतेबाट सुरु गर्ने दुईदिने नेपालको राजकीय भ्रमणको सिलसिलामा जनकपुर, काठमाडौं र मुक्तिनाथमा साढे २९ घन्टा बिताउने भएका छन्। तय भएको कार्यक्रमअनुसार वैशाख २८ गते बिहान जनकपुरबाट सुरु हुने मोदीको नेपाल भ्रमण काठमाडौं हुँदै मुक्तिनाथबाट पुनः काठमाडौं आई अन्त्य हुनेछ।

भ्रमण कार्यक्रमअनुसार भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते बिहान नयाँदिल्लीबाट विहारको राजधानी पटना हुँदै भारतीय हवाई सेनाको विशेष हेलिकोप्टरमा जनकपुर विमानस्थलमा आउनेछन्। त्यहाँ उनलाई सरकारका मन्त्रीले स्वागत गर्नेछन्। त्यसपछि उनी सीधै जानकी मन्दिर प्रस्थान गर्नेछन्, जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले उनको स्वागत गर्ने कार्यक्रम छ। मोदीलाई स्वागत गर्न मन्दिरको गेटमा २ नम्बर प्रदेशका प्रमुख रत्नेश्वरलाल कायस्थ पनि प्रधानमन्त्री ओलीसँग रहनेछन्।

जानकी मन्दिरमा पूजा सम्पन्न गरेपछि मोदी रामायण सर्किटसम्बन्धी कार्यक्रममा सहभागी हुनेछन्। दुवै देशका प्रधानमन्त्रीले उक्त सर्किटको संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि भारतीय प्रधानमन्त्री मोदी बाह्रबिघा मैदान जानेछन्, जहाँ उनको नागरिक अभिनन्दन हुनेछ। अभिनन्दन समारोहमा सहभागी भएपछि उनी सीधै जनकपुर विमानस्थल पुगी भारतीय सेनाको हेलिकोप्टरबाट काठमाडौं आउनेछन्। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मोदीलाई स्वागत गर्ने कार्यक्रम छ। त्यसपछि मोदी सीधै आफू बस्ने होटल हायात जानेछन्।

होटेल हायातमा परराष्ट्रमन्त्री ज्ञवालीले मोदीसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि भारतीय प्रधानमन्त्री मोदी सैनिक मञ्च टुँडीखेल प्रस्थान गर्नेछन्। टुँडीखेलमा प्रधानमन्त्री ओलीले उनको स्वागत गर्नेछन् भने त्यही उनलाई गार्ड अफ अनरले सम्मान गरिनेछ।

टुँडीखेलको कार्यक्रम सकिएपछि मोदी उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यालय जानेछन्। पुनसँग शिष्टाचार भेट गरेपछि मोदी राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्न शीतलनिवास जानेछन्। राष्ट्रपतिसँगको भेट सकिएपछि मोदी सीधै बत्तीसपुतलीस्थित होटल द्वारिकाज जानेछन्, जहाँ प्रधानमन्त्री ओली र उनीबीच ‘वान टु वान’ वार्ता हुनेछ। द्वारिकाज होटलमा मोदीसँग नेपालका केही पूर्वप्रधानमन्त्रीले भेटवार्ता गर्ने कार्यक्रम छ। होटलबाटै दुवै देशका प्रधानमन्त्रीले अरुण तेस्रो जलविद्युत परियोजनाको संयुक्तरुपमा शिलान्यास गर्नेछन्। त्यसपछि प्रेसविज्ञप्ति जारी गरिनेछ। होटल द्वारिकाजमा नै प्रधानमन्त्री ओलीले मोदीको सम्मानमा रात्रीभोज आयोजना गर्नेछन्। रात्रीभोजमा सहभागी बनेपछि मोदी बौद्धस्थित होटल हायात जानेछन्। पहिलो दिनको कार्यक्रम यही अन्त्य हुनेछ।

भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री मोदी बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगी भारतीय सेनाको विशेष हेलिकोप्टरमार्फत मुक्तिनाथ प्रस्थान गर्नेछन्। मुक्तिनाथमा पूजा सकिएपछि हेलिकोप्टरमै मोदी जोमसोम जानेछन्। जोमसोबाट हेलिकोप्टरमै उनी काठमाडौं आउनेछन्। त्यसपछि होटल हायात जाने कार्यक्रम छ। त्यसपछि उनी नेपालका लागि भारतीय राजदूर मन्जिभ सिंह पुरीले आयोजना गर्ने दिवा भोजमा सहभागी हुनेछन्। त्यसपछि उनी राष्ट्रिय सभागृह जाने कार्यक्रम छ, जहाँ उनलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ। नागरिक अभिनन्दन सकिएपछि मोदी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगी अपराह्न बिशेष विमानमार्फत नयाँदिल्ली प्रस्थान गर्नेछन्।

नागरिक
२०७५ बैशाख २४ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २४ सोमवार १२:२७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...