back
NMB ad

चट्याङ लागेर एकै परिवारका चार घाइते

Kumari bank ad

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकामा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् । शनिबार राति परेको चट्याङ लागेर जगन्नाथ गाउँपालिका–२ लुमामा एकै परिवारका चारजना घाइते भएका छन् । घाइते हुनेमा गोरख सार्कीको श्रीमती जुनपुरा सार्की, छोरी रेश्मा सार्की, मीना सार्की छोरा जीवन सार्की र छाया सार्की रहेका छन् । घाइतेमध्ये १३ वर्षका छाया सार्कीको अवस्था गम्भीर रहेको गाउँपालिकाका प्रवक्ता डबल विकले जानकारी दिए ।

गम्भीर घाइते छायाको उपचार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा भइरहेको छ भने अन्यको जगन्नाथ स्वास्थ्य चौकीमा भइरहेको छ । खाना खान भनेर बसिरहेको बेला परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । चट्याङका कारण घरभित्र रहेको समानमा क्षति पुगेको छ भने घरको छानो समेत भत्किएको छ ।

शनिबार रातिकै हावाहुरी र असिना पानीले जिल्लाका विभिन्न स्थानको अन्न र तरकारी बालीमा क्षति पुगेको छ । त्रिवेणी नगरपालिकामा असिनाले तरकारी र गहुँबालीमा क्षति पु¥याएको छ ।

२०७५ बैशाख २४ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २४ सोमवार १६:१२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...