back
NMB ad

विषाक्त मदिरा सेवनबाट एघारको मृत्यु

Kumari bank ad

कम्बोडिया । कम्बोडियाको पूर्वी प्रान्तको क्रिटिए क्षेत्रमा चामलबाट बनेको घरेलु मदिराको सेवनबाट कम्तीमा ११ व्यक्तिको मृत्यु भएको समाचार छ । कम्बोडियाको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यस्तो मदिरा विषाक्त भएकोले उक्त मदिराको सेवन गर्ने ११ जनाको ज्यान गएको जनाइएको छ ।

उक्त मदिरा सेवनका कारण अन्य १३८ व्यक्ति बिरामी भई अस्पताल भर्ना भएका पनि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ । चिटबोरे जिल्लाको स्रेनोन र आलोच गाउँको कान्टुओट समुदायमा सो दुर्घटना भएको जारी विज्ञप्तिमा थप जानकारी दिइएको छ ।

सो मदिरा सेवनबाट पेटदुख्ने र वान्ता हुने जस्ता समस्या आएपछि उनीहरुलाई अस्पताल लगिएको थियो । उनीहरुमध्ये ११ जनाको अस्पतालमै मृत्यु भएको बताइएको छ । उपचारको लागि भर्ना भएकाको स्वास्थ्य अवस्थामा गरिएको अनुसन्धानबाट उक्त मदिरा नै विषाक्त पाइएको समाचारमा जनाइएको छ ।

२०७५ बैशाख २४ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २४ सोमवार १७:०८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...