back
NMB ad

कम सुत्नुहुन्छ ? याद गर्नुहोस् अनिद्राले हुन्छ डिप्रेसन

Kumari bank ad

तपाईं रातको समय अबेरसम्म बस्ने र कम सुत्ने बानी गर्नुभएको छ भने यस्तो बानी सुधार्न आजैदेखि प्रयास गर्नुस् । किनभने, अमेरिकामा भएको एउटा अनुसन्धानले देखाएको छ कि अनिद्रा बस्दा डिप्रेसनको खतरा बढ्दै जान्छ ।

पछिल्लो समय धेरै मानिसको जीवनशैलीमा परिवर्तन आएको छ । अधिकांश मानिसले लामो समय मोबाइल, ल्यापटपलाई दिन्छन् । जसको कारण अनिदो बस्नेको संख्या ठूलो छ । अमेरिकी पिट्सबर्ग विश्वविद्यालयका पिटर फ्रेन्जेनको अगुवाइमा भएको अनुसन्धानबाट अनिद्राले मानिसको दिमागमा असर पु(याउने तथ्य पत्ता लगाएको हो ।

राति अबेरसम्म जाग्राम बस्दा दैनिकीमा त असर पर्छ नै, यस्तो व्यवहारले मनमा पनि नकारात्मक भावना विकास हुने र मानिस डिप्रेसनको अवस्थासम्म पुग्ने अनुसन्धानबाट निष्कर्ष निस्केको छ । छोटो समय सुत्ने युवायुवतीमा जोखिम मोल्ने व्यवहार बढ्दै जानुका साथै कुलतमा फस्ने सम्भावना पनि उत्तिकै हुने अनुसन्धानले बताएको छ ।

लामो समय अनिदो बस्दा मस्तिष्कमा भएको पुटामेनमा प्रभाव पर्ने गर्छ । पुटामेनले मानिसको लक्ष्यअनुरूप गतिविधि गर्ने र सिक्नका लागि भूमिका खेल्ने गर्दछ । निद्राको कमीले मस्तिष्कको सिक्ने, शान्त रहने, उत्प्रेरित हुने प्रक्रिया पनि कमजोर हुँदै जान्छ ।

अमेरिकन कलेज अफ न्युरो साइकोफार्माकोलोजीको ५६औँ सम्मेलनमा यस्तो अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिएको थियो । ११ देखि १५ वर्षसम्म गरेको अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो ।

अनिद्राका कारण शरीरमा कर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि हुन जान्छ । जसले शरीरमा चिनीको मात्रा बढाउँछ । त्यसैले पर्याप्त ननिदाउने मानिस मधुमेहको पनि जोखिममा हुन्छन् । यस्तो बानीले उच्च रक्तचापको समेत जोखिम बढाउँछ । लामो समयसम्म अनिद्राको समस्या भएमा मुटुसमबन्धी रोगबाट पनि ग्रसित हुन सकिन्छ ।

अनिद्राको गम्भीर असर पाचन प्रणलीमा समेत पर्न जान्छ । यसले पाचन प्रक्रियालाई असन्तुलित बनाउनुका साथै यसको गतिलाई धिमा बनाउँछ । जसका कारण कैयौँ रोगले दुःख दिन सक्छ ।

नयाँ पत्रिका
२०७५ बैशाख २५ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २५ मंगलवार ११:१९ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...