back
NMB ad

पर्यटन मन्त्री अधिकारीको जोड : युग सुहाउँदो प्रविधिमैत्री पर्यटन प्रवद्र्धन

Kumari bank ad

काठमाडौँ । युवा उद्यमी तथा व्यवसायीले मुलुकको समग्र पर्यटन क्षेत्रको विकास तथा सुधारका लागि पूर्वाधार विकास र सेवा विविधीकरणमा जोड दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँगको अन्तक्र्रियाका वक्ताहरुले बढीभन्दा बढी पर्यटक भित्र्याउन आकर्षक प्रवद्र्धनात्मक अभियानका साथ पर्यटकीय उत्पादनलाई गुणस्तरीय बनाइनुपर्ने खाँचो औँल्याए । साथै, उनीहरुले आफ्ना पर्यटकीय उत्पादन र गतिविधिलाई सामाजिक सञ्जालको भरपुर उपयोग गरी विश्व बजारमा प्रवद्र्धन गरिनुपर्ने सुझाए ।

नेपाल पर्यटन बोर्डले आयोजना गरेको अन्तक्र्रियामा पर्यटन व्यवसायी राजन सिंखडा, चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेख विक्रम शाह, प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुढाल, बबरमहल रिभिजिटेडका विराट शम्शेर जबरा, आर्य भिलेज ट्राभल बजार व्यवस्थापक विनोद अधिकारीलगायतले विमानस्थलको सुधार, विद्युतीय बजारीकरण तथा नयाँ गन्तव्य प्रवद्र्धनका कामलाई विशेष प्राथमिकता दिनुपर्ने बताए ।

युवा व्यवसायीको जोसिलो धारणा लिनुभएका मन्त्री अधिकारीले पर्यटन प्रवद्र्धनलाई विगतकोभन्दा युग सुहाउँदो प्रविधिमैत्री बनाएर लैजान सरोकार भएका निकायलाई निर्देशन दिनुभयो ।

“पर्यटनमा युवा पुस्ताको बुझाइ के हो, उद्यमशीलता प्रवद्र्धनार्थ के–कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो प्रवद्र्धनात्मक कार्यलाई अब परम्परागत ढंगले हैन प्रविधिमैत्री बनाई सिर्जनात्मक परिमाण देखिने गरी अभियान चलाइनुपर्छ”, उहाँले भन्नुभयो ।

अर्थतन्त्रको मुख्य आधार पर्यटन भएकाले यसको कूल गार्हस्थ उत्पादनमा कम्तीमा २५ प्रतिशत योगदान पु¥याउने लक्ष्यका साथ प्रभावकारी कार्य गर्न जरुरी भएको मन्त्री अधिकारीको भनाइ थियो ।

उहाँले सर्वाधिक चासोको विषय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई व्यवस्थित र सेवामा सहजीकरण गर्न परिणाम देखिने गरी काम अघि बढाइएको उल्लेख गर्नुभयो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले युवा व्यवसायीको रचनात्मक सुझावलाई पर्यटन प्रवद्र्धनको रणनीतिमा समावेश गरी प्रभावकारी प्रवद्र्धनका अभियान चलाइने बताउनुभयो ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले अन्पूर्ण संरक्षण क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर पदयात्रामा कुनै अवरोध नगरिएको दाबी गर्नुभयो ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा अघिल्लो दिन ४ः०० बजेदेखि भोलिपल्ट बिहान १० बजे पूजापाठ सकिएपछि पदयात्रा खुल्ने जानकारी दिनुभयो ।

२०७५ बैशाख २६ गते प्रकाशित 

वि.सं.२०७५ वैशाख २६ बुधवार ०८:०९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...