रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका ५ प्रितीका वडाध्यक्ष कुवीर खत्री मृत अवस्थामा भेटिएका छन् । बुधबार बिहान वडा नम्बर ५ प्रितीकै बसेरी चिलाउने भन्ने ठाउँमा खत्रीको शव भेटिएको हो ।
खत्री मंगलबार विहान साढे ८ बजेदेखि सम्पर्कविहीन थिए । खत्रीको मोटरसाइकल, कोट, जुत्ता र डायरी मंगलबारै फेला परेको थियो । ती सामान भेटिएकोभन्दा करिब पाँच सय मिटर तल शव भेटिएको उमाकुण्ड गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारले जानकारी दिए ।
गाउँपालिका सदस्यलाई समेत बैठकमा जानुपर्छ भनी खबर गरी घरबाट हिँडेका थिए । मंगलबारको गाउँकार्यपालिकाको बैठकमा अबेरसम्म नआएपछि वडाध्यक्ष खत्रीलाई सम्पर्क गर्दा फोन नउठेको र घरपरिवारमा फोन गर्दा बिहानै हिँडेको जानकारी आएपछि उनको खोजी सुरु गरिएको थियो ।
२०७५ बैशाख २६ गते प्रकाशित
वि.सं.२०७५ वैशाख २६ बुधवार १५:५३ मा प्रकाशित