सरकार कर्णालीको विकासको लागि गम्भिर छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले सरकार कर्णालीको विकासको लागि गम्भिर रहेको बताउनुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री लगायत सर्वदलीय जनप्रतिनिधीहरुको तर्फबाट आज बालुवाटारमा ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री महेन्द्र बहादुर शाही संघीय सांसद जनार्दन शर्मा,प्रदेशका अर्थ मन्त्री प्रकाश ज्वाला लगायतको समुहले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा भौतिक पूर्वाधार,हवाइ यातायात,सिंचाइ,उर्जा तथा विद्युतिकरण,संचार,बस्ती विकास तथा पर्यटन,खानेपानी,शिक्षा,स्वास्थ्य र कृषि लगायतका बिषयमा बजेट बिनियोजन गर्न प्रधानमन्त्रीसँग माग गरिएको छ । प्रधानमन्त्री ओलीले कर्णालीलाई विकासको मुलधारमा ल्याउन यथासक्य बजेट बिनियोजन गर्ने आस्वासन दिनु भएको छ ।

२०७५ बैशाख २६ गते प्रकाशित

२०७५ वैशाख २६ गते १८:०९ मा प्रकाशित

You can share this post!

तयार रहनुहोस्, प्राइम लाइफको २ लाख ७१ हजार कित्ता सेयर लिलामीमा आउँदै

हकप्रदमा नबिकेको २ लाख १४ हजार कित्ता सेयर लिलामी गर्दै सिद्धार्थ बैंक

Related posts